अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मस्तिकमा रगत जमेका खिमलालको उपचारमा यूकेबाट आर्थिक सहयोग

On: January 24, 2021 1:07 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका-१ पूर्णगाउँका खिमलाल विकको उपचारमा यूकेमा रहेका कुहुँबासीले १ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । उच्च रक्तचाप भई मस्तिकमा रगत जमेका कारण पोखराको गण्डकी मेडिकल कलेजमा उपचारर्थ विकलाई कुहुँ सेरोफेरो समाज यूकेका अध्यक्ष अध्यक्ष क्या. दुर्गा राम्जाली र समाजसेवी दिल गौचनको पहलमा संकलन भएको १ लाख ९ हजार ७४५ रुपैयाँ हस्तान्तरण गरिएको छ।

मानसिक तथा शाररीक रुपमा अपाङ्ग समेत रहेका विकको उपचारमा आर्थिक अभाव भएपछि स्थानीय लाल यूवा क्लवको पहलमा सुरु भएको आर्थिक संकलन अभियानमार्फत सहयोग प्राप्त भइरहेको बिरामीका आफन्त सुनबहादुर विश्वकर्माले बताए ।

‘उहाँको उपचारमा घरबाट खर्च जुटाउनै नसक्ने अवस्था छ,‘सबैको साथ र सहयोगबाट उपचार भइरहेको छ’ विकले भने । पीडित विकको आर्थिक अवस्था समेत निकै नाजुक रहेकाले आर्थिक सहयोग अभियानमा जुटेको खिमलाल–पेशबहादुर राम्जाली बचाउ अभियानका ग्लोबल संयोजक दिल गौचनले बताए । उनका अनुसार कुहुँ खानीगाउँका मृगौला पीडित पेशबहादुरको उपचारमा समेत सहयोग संकलन भइरहेको छ ।

 

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।