बेनी नगरपालिका–४, थामडाँडामा अवस्थित भृकुटी आधारभुत विद्यालयको अभिभावक भेलाले ब्यवस्थापन समितिमा अमर गुरुङको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको सदस्यमा पूर्ण बहादुर गुरुङ, तारा थापा मगर, टिका कुमारी शर्मा ९गुरुङ०, बिभा थापा मगर, लक्ष्मी गुरुङ, सदस्य सचिव प्रअ शेरबहादुर गुरुङ, शिक्षक प्रतिनिधि विष्णु गुरुङ रहेको विद्यालयले जनाएको छ ।

नव निर्वाचित अध्यक्ष गुरुङले विद्यालयमा पठनपाठन सहित अतिरिक्त क्रियाकलापमा नयाँ योजना सहित अगाडी बढ्ने बताए ।  उनले गाउँका विद्यार्थीलाई सकेसम्म बाहिर पढ्न जान नदिने गरी शैक्षिक योजना बनाउन समेत शिक्षकलाई अनुरोध गरेका थिए । बेनी नगरपालिकाले समय पुरा भएका विब्यसमा पुर्नगठन गर्न निर्देशन गरेपछि सामुदायिक विद्यालयमा धमाधम नयाँ समिति चयन सुरु भएको छ ।

Leave a Reply