बेनीबजारकी एक विवाहित यूवतीको छोटो अवधिको भिडिओ शेयर गर्न मिल्ने लोकप्रिय मोबाइल एप टिकटकबाट अपरिचित यूवासँग हिमचिम बढ्यो । फुर्सदिली उनी विदेशमा रहेका यूवासँग टिकटकसँगै सामाजिक सामाजिक सञ्जालमा पनि सक्रिय थिइन्। टिकटक सञ्जालमा जोडिएका साथीको मध्यमबाट उनीलाई नयाँ व्यक्तिले साथी बन्न प्रस्ताव ग¥यो।

उनले साथी बन्न आएको प्रस्ताव स्वीकार गरिन्। त्यसपछि हल्काफुल्का कुराकानी हुन थाल्यो। पाँच महिनापछि उनीहरु अझ नजिक बने। आर्थिक कारोबार, पारिवारिका योजना समेत बन्न थाल्यो । फेसबुकबाट सम्बन्ध सार्वजनिक हुने त्रासले टिकटक भएको हिमचिम मायाप्रेममा बदलियो । सम्बन्धलाई परिवारबाट लुकाउन फेसबुक भन्दा पनि टिकटक सजिलो भएपछि उनीहरु रम्न थाले।

टिकटकबाटै भएको चिनजानले घुम्नका लागि काठमाडाँैसम्म पुग्ने, बेनीसम्म भेट्न आउने, नियमित सपिङ गर्ने जस्ता गतिविधि समेत घरपरिवारका अन्य सदस्यले थाहा पाएनन्। टिकटकबाटै एकजनासँग मात्रै नभई तीनजना यूवासँग सम्बन्ध जोडिएको भेटियो ।

एउटासँग सम्बन्ध टुटेपछि अर्कोसँग हिमचिम बढ्यो र भागेलगत्तै टिकटकमा समेत दुवैजनाको एउटा भिडियो शेयर भयो। करिब दश वर्षअघि मागी बिवाह गरेको एक जोडीको सम्बन्ध टिकटकले भत्कियो। जीवनभर सुखदुःखमा साथ दिने वाचा गरेकी श्रीमतीले धोका दिँदा उनी छाँगाबाट खसे झै भएका छन् । श्रीमतीको टिकटक,म्यासेन्जर हेरेर धेरै जानकारी पाए। अहिले श्रीमतीका कर्तुतको लाइनै फेला पारेका छन्। इमान्दार छविका श्रीमानले विवाहको १० बर्षपछि मात्रै श्रीमतीको असली रुप उदाङ्ग भयो।

तिक्ततापूर्ण सम्बन्धलाई सुमधुर बनाउने प्रयास गरे पनि असफल भएपछि अन्तत जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्धा दर्ता भएको छ। एक दृष्टान्त मात्र हो । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकजस्तै टिकटकबाट समेत साथी बनाउने र अनेक कहानी सुनाएर मन जित्न सिपालु यूवायूवतीकै कारण सुन्दर घरबार भत्किएको छ। पछिल्लो समय सामाजिक सञ्जालबाट पारिवारिक सम्बन्ध टुट्नेको संख्या संख्या बढिरहेको छ।

सामाजिक सञ्जालमा भएका मीठा पिरतीका कुराकानीबाट मख्ख भएर घरैछाडेर हिँड्ने युवतीको संख्या बढिरहेको छ। लकडाउनको समयमा अनलाइन कक्षा सञ्चालनमा छोरीले श्रीमानको मोवाईल प्रयोग गर्दा एक यूवतीसँगको कुराकानीले एउटा परिवारको घटना समेत अदालतसम्म पुगेको छ। यूवतीसँगको आपत्तीजनक कुराकानीले अन्ततः दुवैको बाटो अलग हुने अवस्थामा पुगेको छ ।

परिवारको शेखी झार्नकै लागि सामाजिक सञ्जालबाट जोडिएको सम्बन्धबाटै विवाह हुन थालेपछि आर्थिक हिनामिनाका घटना समेत ह्वात्तै बढेको छ। समाजमा पछिल्लो समय असरल्ल देखिएका घटना कतिपय मिडियामा आउँछन्, कति आउँदैनन्।

म्याग्दीका नागरिक समाजका संयोजक एवम् अधिबक्ता सुर्दशनकुमार श्रेष्ठले कृत्रिम आत्मियता, झुटा कुरा र गलत नियतका कारण सामाजिक सञ्जालमा मौलाउने प्रेम बढी स्वार्थी भएको बताए। ‘क्षणिक आत्मियताले टिकेको सम्बन्ध भत्किएको छ, नयाँ सम्बन्ध टिकाउ छैन’ संयोजक श्रेष्ठले भने ।

सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग धेरै भएकाले पारिवारिक निगरानी नै आवश्यक रहेको बताए । म्याग्दीमा वैवाहिक जीवन बिग्रनुको मूल कारण वैदेशिक रोजगारी र ब्यस्तता नहुनु प्रमुख कारण देखिएको छ ।

स्वदेशमै रहेको लोग्ने परिवारका लागि नियमित काममा जाने, श्रीमती खाली समय व्यतित गर्न सामाजिक सञ्जालमा बिताउने, अरु नै सँग हिमचिम बढाउने र कृत्रिम सम्बन्धलाई महत्व दिने र सम्बन्ध यौनसम्म पुग्ने देखिएकाले ब्यस्त दैनिकी आवश्यक रहेको अधिकारकर्मीहरुको भनाई छ । जिल्ला अदालत म्याग्दीमा आर्थिक बर्ष ०७५÷०७६ मा ४८ सम्बन्ध विच्छेदका निवेदनमा २२ वटा फैसला भएको छ भने ०७६÷०७७ मा ५१ निवेदन दर्ता भएको जिल्ला अदालतले जनाएको छ।

Leave a Reply