लायन्स क्लव अफ बेनी महारानीले लायन्स इन्टरनेशनलको संस्थापक मेल्बिन जोन्सको जन्मदिन बालगृहमा मनाएको छ। जन्मोत्सवको अवसरमा नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक÷एक थानका दरले झोला हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लव ३२५ बि वान नेपालका को–चिप एडभाइजर चन्द्रकुमार केसी, स्पेशल सेक्रेटरियट एडभाईजर सन्तोष रावल, एमजेएफ सरोज बानियाँ, एमजेएफ एवम् क्लकी पूर्व अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, क्लवकी निवर्तमान अध्यक्ष रन्जिता भट्टचन लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका बाल संगठन ब्यवस्थापन समितिका सन्दिप खत्रीले सहयोगले विद्यार्थीलाई सहज भएको बताएका थिए । कार्यक्रमको सञ्चालन क्लवका द्धितिय उपाध्यक्ष भिमकुमारी सुबेदीले सञ्चालन गरेकी थिईन् । विश्वकै ठूलो सामाजिक तथा मानवीय संस्था लायन्समार्फत म्याग्दी जिल्लामा शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा सहयोग भइरहेकाले भविस्यमा क्लवमार्फत समुदायमा आवश्यक विभिन्न क्षेत्रमा सहयोगको प्रतिबद्धता समेत जनाइएको थियो । बालगृहका बालबालिकालाई ब्यक्तिगत तथा संस्थागत सहयोगले समेत धेरै सहज भएको छ ।

Leave a Reply