बेनी नगरपालिका-६ अर्थुङ्गेका पूर्णबहादुर भण्डारीले बषौंदेखि अर्काको जग्गामा टहरा हालेर जीवनयापन गरिरहेका थिए। दैनिक ज्यालामजदुरी गरी परिवारको गुजरा चलाउँदै आएका भण्डारीले एउटा सानो जग्गामा घर बनाउने धोको अधुरै थियो।

ज्याला मजदुरीको कमाईले परिवार पाल्दै आएका भण्डारीको नयाँ र चिटिक्कको घर बनाउने धोको पुरा भएको छ। माघ महिनाको पहिलो दिन माघेसङ्क्रान्ति पर्वको अवसरमा ब्लक र जस्तापाता लगाएर बनेका घरमा प्रवेश गरेपछि पूर्णबहादुरको परिवार उत्साहित देखिन्थे । स्थानीय समाजसेवी अमर बानियाँको अगुवाईमा राम्चे सामुदायिक बनले उपलब्ध गराएको चारआना जग्गामा वडा अध्यक्ष कृष्णसिङ बानियाँ, नेकपा गण्डकी प्रदेश कमिटी सदस्य मुना बानियाँ, अर्थुङ्गे यूवा क्लवका अध्यक्ष शिशिर शाही, अर्थुङ्गे सामुदायिक यूवा क्लवका अध्यक्ष नारायण पौडेल, पार्वती श्रेष्ठ लगायतको अगुवाईमा सुरु भएको थियो ।

आवास निर्माणका लागि बसन्त बानियाँ र शिशिर बानियाँले स्वदेश तथा विदेशमा करिब २ लाख ६० हजार गरेका थिए । संकलित रकमबाट करिब ४४ हजार बचत रहेकाले उक्त रकमबाट एउटा शौचालय बनाइने अभियानका संयोजक अमर बानियाँले बताए ।

आवास हस्तान्तरण कार्यक्रममा रघुगंगा गापा–२ भगवतीका वडा अध्यक्ष रिम कटुवाल, यूवा ब्यवसायी हरि भण्डारी, अर्थुङ्गेका यूवा अगुवा नगेन्द्र खत्रीले पाँच÷पाँच हजार सहयोग गरेका थिए ।

कार्यक्रममा वडा सदस्य गणेश शाहीले वडाभित्र समस्यामा परेकालाई यसअगाडी पनि घर बनाएर सहयोग गरिएको बताएका थिए । कार्यक्रममा वडा अध्यक्ष बानियाँले विपन्नलाई विभिन्न माध्यमबाट सहयोग गरिएको बताए । ‘वडाबासीको समस्यालाई नजिकबाट हेरेका छौ,‘जनताको समस्या बुझ्द घरदैलोमै पुग्छौ’ वडा अध्यक्ष बानियाँले भने ।

भूमिहीन घरपरिवारको पहिचान गरी उनीहरुलाई जग्गा प्रदान गरी बस्नको लागि घर बनाउन आवश्यक सहयोग गर्ने वडा अध्यक्ष बानियाँको भनाई छ ।

कार्यक्रममा दिनरात गरि कमाएको पैसाले खान हम्मेहम्मे हुने अवस्थामा समुदायले आर्थिक तथा श्रमदान गरेपछि घर तयार भएको भण्डारीले बताए । ‘आफ्नो घर देखेर आफैँ दङ्ग परेको छु,‘अब ज्यालामजदुरी गरी परिवारको गुजरा चलाउँछु’ भण्डारीले भने । यसअगाडी सिता बानियाँ र पुष्प विकको घर समेत आर्थिक सहयोग संकलन गरी बनाइएको थियो ।

Leave a Reply