‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने मूल नारासहित बिहीबार म्याग्दी सदरमुकाम बेनीमा राष्ट्रिय योग दिवस–२०७७ मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बेनी, म्याग्दीको आयोजना र नवीन आनन्द योग केन्द्र बेनीको प्राविधिक सहयोगमा दिवस मनाइएको हो ।

दिवसलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बदलिँदो जीवन शैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न नियमित योग गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरेको खण्डमा समाधान हुने सक्ने बताएका छन् ।

कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका व्यवस्थापन समिति अध्यक्ष जीवनबहादुर विश्वकर्माको अध्यक्षता, निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद गोतमको स्वागत र सहलेखापाल सुवास पोडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा केही समय योग समेत गरिएको थियो ।

Leave a Reply