बेनी नगरपालिका-५, पुलाचौरको चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयमा शुक्रबार अभिभावक भेला सम्पन्न भएको छ । भेलाबाट पुनः हेमबहादुर खत्रीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो ।

समितिको सदस्यहरुमा भीमबहादुर बानियाँ, यज्ञबहादुर कार्की, चन्द्रबहादुर खत्री, बिमला कार्की, कविता कार्की, वडा प्रतिनिधि तोकबहादुर कार्की, शिक्षक प्रतिनिधि राधा शर्मा आचार्य र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नारायण उपाध्याय निर्वाचत भएका छन् । यसैगरी गणेशबहादुर कार्कीको अध्यक्षतामा ११ सदस्यीय विद्यालय शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ ।

संघको सदस्यहरुमा शेरबहादुर बानियाँ, भोजबहादुर कार्की, चिनबहादुर कार्की, यामबहादुर बानियाँ, चन्द्रबहादुर बानियाँ, कल्पना खत्री, देवी किसान, शिक्षक प्रतिनिधि भरत कार्की र सदस्य सचिवमा विद्यालयका प्रअ नारायण उपाध्याय चयन भएका हुन् । त्यस्तै सल्लाहकारमा ईन्द्रबहादुर कार्की, नगेन्द्रबहादुर खत्री, कर्णबहादुर कार्की, श्रीकृष्णलाल विश्वकर्मा र प्रताप बानियाँलाई राखिएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सरस्वती माताको तस्विरमा माल्यार्पण गर्दै नगर शिक्षा समितिको वैठकबाट शिक्षक दरबन्दी मिलानको काम अगाडि बढाइएको बताए ।

उनले सामुदायिक विद्यालयलाई राज्यले बजेट, अनुदान, योजनालगायतमा सहयोग गरिरहेको बताउँदै शैक्षिक क्षेत्रको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । राज्यको नीति नियमअनुसार शिक्षकलाई घरपायक स्थानान्तरण गर्न सकिने भन्दै आधारभूत विद्यालयको स्तरोन्नति गरी थप कक्षा बढाउन सकिने उनको धारणा छ ।

सोही कार्यक्रममा बेनी नगरपालिकाको शिक्षा शाखाका स्रोतव्यक्ति मोहन बानियाँले विद्यालयलाई आवश्यक बजेट योजना माग गर्ने विषयमा विव्यस, शिअसंघले निर्णय गरी वडा हुँदै नगरपालिकामा योजना पठाउनुपर्ने बताए । उनले राज्यले शिक्षा क्षेत्रको विकासमा विभिन्न कार्यक्रमहरु ल्याएको बताउँदै सामुदायिक विद्यालयतर्फ आधारभूत विद्यालयलाई पनि समेटेर इन्टरनेट सेवा विस्तारको कार्यक्रम प्राप्त भएको जानकारी दिए ।

अभिभावक भेलामा विद्यालयका जग्गादाता एवं जनप्रिय माध्यमिक विद्यालय दरबाङका सहायक प्रअ नगेन्द्रबहादुर खत्री, जनकल्याण मावि पुलाचौरका प्रअ कमलप्रसाद पौडेल, डिम्ब आधारभूतका भूपू प्रअ एवं सल्लाहकार गणेशबहादुर कार्की, चन्दादाता मोहनबहादुर खत्री र भूपू विद्यार्थी प्रताप बानियाँले विद्यालयमा भौतिक संरचना निर्माणसँगै आगामी दिनमा शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

उक्त भेलाको अवसरमा विद्यालयलाई १८ हजार १५ रुपैयाँ आर्थिक सहयोग गर्ने वैदेशिक रोजगारीबाट फर्किएका हरि कार्की, किरण कार्की र कुमार बानियाँलाई लाहुरे स्वागत गरिएको थियो । कार्यक्रममा विव्यस अध्यक्ष हेमबहादुर खत्रीले शैक्षिक तथा प्रगति र प्रअ नारायण उपाध्यायले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम विव्यस अध्यक्ष खत्रीको अध्यक्षता, प्रअ उपाध्यायको सञ्चालन र शिक्षक राधा शर्माको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply