नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले बेनी नगरपालिकामा वडा इकाई समितिको पदपूर्ति समिति पुनर्गठन तथा संगठन बिस्तार र संगठन सुदृढीकरणको अभियानलाई तिब्रता दिएको छ। शुक्रबार बेनपा-५ मा आयोजित कार्यक्रममा किसान कार्कीको अध्यक्षतामा ७० सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा अप्सन गोतामे, सचिव हरि पौडेल, कोषाध्यक्ष बिशाल दर्जी, सहसचिव खगराज खत्री र सहकोषाध्यक्ष यूकेश खत्री रहेको तरुण दल क्षेत्र ‘क’ सभापति असल केसीले बताए । कार्यक्रमका प्रमुख अतिथि खम्बीर गर्बुजाले तरुण यूवाहरुको सक्रियतामा भइरहेका कार्यक्रमबाट उत्साहित भएको बताउँदै आवश्यक जिम्मेबारी सहित समुदायमा परिचालन गरिने बताए।

‘यूवालाई कांग्रेसले निराश हुन दिदैन्,‘समाजका हरेक क्षेत्रमा यूवाको सक्रियतालाई पार्टीले प्रोत्साहन गर्छ’सभापति गर्बुजाले भने ।सोही अवसरमा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले कम्यूनिष्ट सत्ता तीनबर्ष पनि टिक्न नसक्ने अवस्थामा पुगेको बताउँदै संविधानको रक्षाका लागि यूवाको सक्रियता आवश्यक रहेको बताए ।

संगठन बिस्तार र संगठन सुदृढीकरणको अभियानमा पार्टी उपसभापति माधवप्रसाद रेग्मी, पूर्व सहसभापति नेत्र महत, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, जिल्ला सदस्य केवी भण्डारी, ओम छन्त्याल,महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन,लगायतले यूवाहरूलाई सीप र शक्ती दिने गरी पार्टीले थप योजना बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको अध्यक्षता सञ्जय कुँवरले गरेका थिए । सोही अवसरमा विभिन्न राजनीतिक दल परित्याग ठूलो संख्यामा तरुण दलको सदस्यता लिएको नेविसंघ म्याग्दीका सभापति निर्मल खत्रीले जानकारी दिए । पछिल्लो समय म्याग्दीमा तरुण दलले संगठन विस्तारलाई तिब्रता दिएको छ ।

Leave a Reply