मृगौला प्रत्यारोपण गरेकी निशा सुबेदीलाई थप औषधी सेवनका लागि माउण्ट एभरेष्ट आवासीय माविका पूर्व विद्यार्थीले ५६ हजार आर्थिक सहयोग गरेका छन् ।

चरम गरिबीकै कारण मृगौला प्रत्यारोपणमा आर्थिक समस्या झेल्दै आएकी सुबेदीलाई आफ्ना सहकर्मी २०६८÷०६९ प्लस टू ब्याचले जुटाएर रविन्द्र कँडेलमार्फत अभियानका संयोजक नेत्रराज सुबेदीलाई हस्तान्तरण गरे ।

उक्त सहयोगलाई प्रत्यारोपण पछिको नियमित उपचार तथा औषधी सेवनमा खर्चमा प्रयोग गरिने संयोजक सुबेदीले बताए । त्यस्तै आफ्नै साथीको मृगौला खरावी भएर जटिल समस्यामा परेपछि स्वदेश तथा विदेशबाट संकलन गरिएको निशाका सहकर्मी कँडेलले बताए ।

‘सबैले स्वास्थ्य लाभको कामना गरेका छौ,‘एउटा साथीको पीडाले सबैलाई पोलेको छ’ उनले भने । निशालाई पछिल्लो समय परोपकारी संस्था ओमकुकारी शान्ति कोषमार्फत ३ लाख समेत सहयोग गरिएको थियो । निशाको प्रत्यारोपण सफल भएसँगै नियमित औषधी उपचारका लागि थप सहयोग आवश्यकता रहेको निशा बचाउ अभियानले जनाएको छ।

Leave a Reply