अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

घरदैलोमै पुगेर म्याग्दी प्रशासनले बाड्यो न्यानो कपडा

On: January 15, 2021 11:23 PM
Follow Us:

जिल्ला प्रशासन कार्यालय म्याग्दीले अत्यधिक जाडोका कारण समस्यामा परेका अति विपन्न नागरिकलाई घरदैलोमै पुगेर न्यानो कपडा बितरण गर्न थालेको छ । गृह मन्त्रालयको कार्यक्रम अनुसार म्याग्दीमा विपन्नताकै कारण जाडोले कठांग्रिएर बस्न बाध्य नागरिकलाई सरकारको न्यानो कपडा लिएर प्रशासनका कर्मचारीहरू घर–घरमा पुग्न थालेका हुन्।

जिल्लाका सबै स्थानीय तहमा रहेका प्रहरी यूनिट मार्फत पहिचान गरिएका बिपन्न, असाहय र अशक्त नागरिकलाई न्यानो कपडा उपलब्ध गराउन कर्मचारीको टोली खटाएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो। ‘कठांग्रिएर जाडोले विपन्नलाई सताइरहेको छ,‘सबै स्थानीयतहको गाउँगाउँबाट विवरण संकलन गरेका छौ’ प्रजिअ अधिकारीले भन्नुभयो ।

प्रहरी इकाईले १८० परिवार पहिचान गरेको थियो । हालसम्म मंगला, मालिका र धवलागिरी गाउँपालिकाको साथै बेनी नगरपालिकाको १, २, ३ र ४ नम्बर वडाका ८० परिवारलाई न्यानो कपडा बितरण गरिएको छ । प्रतिव्यक्ति एक÷एक वटा बलाङकेट, ज्याकेट र टोपी उपलब्ध गराउने कार्यक्रम छ । गाउँमै आएर जाडोको मौसममा न्यानो कपडाअन्तर्गत ब्लाङ्केट दिएकोमा खुसीस् ब्यक्त गरेका छन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।