प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस म्याग्दीले सबै ६ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक तथा अलोकतान्त्रिक कदमको बिरोधमा शनिवार जिल्लाको ६ वटै स्थानिय तहमा विरोधका कार्यक्रम गरेको हो ।

जिल्लास्तरका नेताहरूको संयोजनमा सबै स्थानीय तहमा एकसाथ विरोसभाको आयोजना गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

मंगला गाउँपालिकामा पार्टी सभापति खम्बीर गर्बुजा, सचिव मिनबहादुर कार्की, महासमिति सदस्य चिरञ्जीबि शर्मा, बेनी नगरपालिकामा आयोजित सभामा संविधानसभाका सदस्य रेशमबहादुर बानियाँ, बेनी नगर प्रमुख हरिकुमार श्रेष्ठ,रघुगंगा गाउँपालिमा उपसभापति माधवप्रसाद रेग्मी, गाउँपालिका अध्यक्ष भबहादुर भण्डारी, अन्नपूर्ण गाउँपालिकामा पूर्व सहसभापति नेत्रबहादुर महत, कार्यसमिति सदस्य केवी भण्डारी, मालिक गाउँपालिकामा प्रबक्ता अजयमिलन श्रेष्ठ गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, धवलागिरी गाउँपालिकामा सहसचिव भरत रकाल सहित स्थानीय तहका जनप्रतिनिधि, पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा सहभागी नेताहरुले अहिलेको वर्तमान केपी शर्मा ओलीको सरकारले गरेको संसद विघटन तत्काल खारेज गर्नुपर्ने धारणा राखेका थिए भने सर्वोच्च अदालतले जनादेशमा जान आदेश दिएमा जनतामा जाने समेत बताएका छन् ।

नेकपाको सत्ता तीनबर्षसम्म पनि टिक्न नसकेको बताउादै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता र अराजकता तर्फ लगेकाले नेपाली काँग्रेसले पार्टीको स्वार्थ नहेरी आन्दोलनमा होमिनुपरेको बताउँदै केन्द्रिय कार्यक्रमहरुलाई वडा र बस्ती तहसम्म पुर्याउने सभापति गर्बुजाले बताए ।

काँग्रेसले गरेको बिरोध कार्यक्रममा नेपाली काँग्रेसका बिभिन्न भातृ संघ÷संघठनका पदाधिकारीहरु, शुभेच्छुक र पार्टीमा आस्था राख्ने ठूलो संख्यामा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply