म्याग्दीको मंगला गाउँपालिका-१ पूर्णगाउँ र खानीगाउँका दुई बिरामीको उपचारका लागि कुहुँ समाज पोखराले एकलाख भन्दा बढी आर्थिक सहयोग गरेको छ। समाजले मृगौला पीडित पेशबहादुर राम्जालीलाई ९७ हजार ८ सय र उच्च रक्तचाप भई मस्तिकमा रगत जमेका कारण पोखराको गण्डकी मेडिकल कलेजमा उपचारर्थ खिमलाल विकलाई १० हजार सहयोग गरेको हो ।

सहयोग रकम कुहुँ समाज पोखराका अध्यक्ष पेशबहादुर पुनले हस्तान्तरण गरेका खिमलाल–पेशबहादुर राम्जाली बचाउ अभियानका ग्लोबल संयोजक दिल गौचनले जानकारी दिए । दुबै पीडितको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका कुहुँबासीले आर्थिक सहयोग संकलन गरिरहेका छन् ।

मानसिक तथा शाररीक रुपमा अपाङ्ग समेत रहेका विक र मृगौला पीडित राम्जालीको उपचारमा स्थानीय लाल यूवा क्लवले समेत अभियान सञ्चालन गरिरहेको छ । पीडितद्धय राम्जाली र विकको आर्थिक अवस्था समेत निकै नाजुक रहेकाले परिवारले नै सहयोगको अपिल गरेका छन् ।

Leave a Reply