तृप्ती फाउन्डेसनले बालगृहका बालबालिकालाई सहयोग

म्याग्दी बालगृहका बालबालिकाहरुलाई तृप्ती फाउन्डेसनले ३० हजार सहयोग गरेको छ। फाउन्डेसनका संस्थापक हरि राम्जालीले लायन्स कल्ब अफ बेनी सिटी मार्फत पठनपाठनमा सहज हुने गरी सहयोग हस्तान्तरण गरेको हो ।

मोना अष्टेलियाका पूर्व अध्यक्ष समेत रहेका रामजालीले विगत ५ बर्षदेखि लगातार बालगृहमा सहयोग गदैं आइरहेको लायन्स क्लब अफ बेनी सिटीका पूर्व अध्यक्ष सुविन श्रेष्ठले बताए ।

क्लबका अध्यक्ष अमित बाँनिया, संस्थापक अध्यक्ष अम्बिक कुमार श्रेष्ठ , पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष सुविन श्रेष्ठ लगायत कल्बका सदस्यहरुको उपस्थितिमा बालगृहका प्रमुख सुजन केसीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो ।

क्लबका अध्यक्ष अमित बाँनियाले क्लबको बार्षिक कार्यक्रम अनुसार सहयोग रकम हस्तान्तरण कार्यक्रम गरिएको र यो बर्षका बाँकी अन्य कार्यक्रमहरु नियमित रुपमा गरिने बताए । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ घर भई हाल अष्ट्रेलियामा व्यवसाय गर्दै आएका राम्जालीले विगतमा समेत धेरै सहयोग गरेका छन् । बालगृहमा रहेका १२ जना बालबालिका छन् ।