सडकमा हिडिरहेकी वृद्धा महिलालाई लठ्ठ बनाउने औषधी सुँघाएर झोला चोरी फरार भएका दुई युवालाई पर्वतमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ जिल्लाकाे बागलुङ नगरपालिका वडा नं १२ अमलाचौरका २३ वर्षीय शिव विश्वकर्मा र २० वर्षीय सागर सापकोटा रहेका छन् ।

पुष २९ गते बिहान ८ बजे पर्वतको मोदी गाउपालिका वडा नं ६ को पाउदीखेतकी ७० वर्षीय महिलाको सडकमा हिडिरहेको अवस्थामा स्कुटरमा सवार दुई युवाले झोला चोरी गरी भागेका थिए । ती युवाले महिलालाई लठ्ठ बनाउने औषधी सुँघाएर लछारपछार गरी साथमा रहेको नगदसहितको झोला चोरी स्कुटरमा भागेका थिए ।

चोरीकाे घटना जानकारी पाए पछि प्रहरी चौकी देउपुर र जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरिक्षक मोहन कुमार खड्कासहितको टोलीले सोही दिन दुवैजनालाई पक्राउ गरेको थियो । सोही दिन बिहान साढे ११ बजे पर्वतको पकुवास्थित सार्वजनिक स्थानमा उनीहरुकाे साथबाट प्रदेश २, ०३-०१० प्रदेश,१५०३ नम्वरको स्कुटर र चोरी गरेको नगद रकम उन्नाईस हजार एक सय तिस सहितको झोला भेटिएकाे प्रहरीले जनाएकाे छ ।

उनीहरुले चोरी गर्न प्रयोग गर्ने क्लोफर्म लेखेको ५ सय मिलिलिटर औषधीकाे शिसाको बट्टा र कैची समेत बरामद गरी निजहरु विरुद्द चोरी सम्बन्धी कसुरमा पर्बत जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएकाे छ।

श्रोत : पोखरा न्युज 

Leave a Reply