म्याग्दीको धवलागिरी गाउँपालिका-३, मुनामा रुखबाट लडेर एक महिला घाईते भएकी छन् । घाँस काट्न रुखमा चढ्दा लडेर घाइते भएकी ४० बर्षिया मनकुमारी शेरपुञ्जालाई उपचारका लागि हेलिकप्टरबाट मणिपाल अस्पतालमा लगिएको छ ।  घाँस काट्ने क्रममा एक्कासी खसेर घाईते भएपछि प्रभु हेलिकप्टरबाट पोखरा लगिएको उद्धारमा संयोजन गरेकादिप छन्त्यालले बताए ।

उपचारमा पदैलमार्गबाट लैजान असम्भव भएपछि स्थानीयको अनुरोधमा हेलिकप्टरको प्रबन्ध मिलाइएको थियो । घाईते महिलालाई पोखरामा गाउँपालिका अध्यक्ष थमसरा पुन मगर सहितको टोलीले अस्पतालमा पुर्याएको थियो । महिलाको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाईतेको उपचारमा कुनैपनि कमी हुन नदिन समेत गाउँपालिका अध्यक्ष मगरले उपचारमा खटिएका चिकित्सकलाई अनुरोध गरेकी छन् ।

म्याग्दीको ग्रामिण क्षेत्रमा आकस्मिक दुर्घटनामा परेकालाई हेलिकप्टरबाट उद्धार प्रभावकारी बन्ने गरेको छ । हेलिकप्टर कम्पनीले चिनजानको आधारमा यसअगाडी समेत विभिन्न स्थानबाट सिकिस्त विरामीको उद्धार गरेका छन् ।

Leave a Reply