CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

म्याग्दीका दुई कोरोना संक्रमतिलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।  कोरोना भाइरसको लक्षण देखिएका बेनी नगरपालिका-९ का २७ बर्षिय यूवा र मंगला गाउँपालिका–२ घर भई हाल बेनपा-७ मंगलाघाट बस्ने ५८ बर्षिय पुरुषमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गरिएको नेपाल रेडक्रस सोसाईटीका कोरोना फोकल पर्सन सुरत केसीले जानकारी दिए ।

‘पछिल्लो समय लक्षण सहितका संक्रमति थपिदैछन्,‘ट्राभल हिस्ट्री समेत नभएका संक्रमतिमा समेत लक्षण देखिएको छ’ केसीले भने । आइतबार पिसिआर परिक्षणका लागि पोखरा पठाइएका १० बिरामीमध्ये ४ जनामा कोरोना पुष्टी भएको बेनी अस्पतालले जनाएको छ । चारजना मध्ये दुई हाडवर्यर ब्यवसायी हुन् ।

बेनी अस्पतालमा जिल्ला बाहिर कोरोना पुष्टी भएका बिरामी समेत आउन थालेपछि कोरोना यूनिटमा राखेर उपचार भइरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । श्वासप्रश्वासका बिरामीको उपचार गर्न अस्पताललाई ’असहज’ भएपछि मात्रै पोखरा पठाउने गरिएको अध्यक्ष कटुवालको भनाई छ ।

केहीदिन अगाडी ५ जनाको स्बाबमा ४ जनालाई कोरोना देखिएपछि म्याग्दीमा कोरोनाको संक्रमण दर तीब्र गतिले बृद्धि हुने अनुमान चिकित्सकले गरेका छन् । पछिल्लो समय जनस्वास्थ्यको मापदण्डको पालनमा हेल्चेक्राई गरिएको छ ।

सरकारले तोकेको मापदण्डको कार्यान्वयनमा सरकारी निकायमा कार्यरतदेखि सर्वसाधारणले समेत पालनामा चासो नदेखाउँदा धमाधम लक्षण सहितका संक्रमति भेटिन थालेको भन्दै सर्तक हुन चिकित्सकले अनुरोध गरेका छन् । हाल रहेका सक्रिय ८ संक्रमतिमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने जस्ता लक्षण देखिएको छ।

Leave a Reply