कपाल झर्नु महिलाका लागि मात्र पुरुषका लागि पनि उत्तिकै ठूलो चिन्ताको विषय हो । खासगरी पुरुषहरु पनि चाँडै तालु देखियोस् भन्ने चाहँदैनन् । पुरुषको कपाल झर्न रोक्ने घरेलु उपाय पनि छन् । यसका लागि खासगरी तेलले मालिस गर्ने, नरिवलको तेल, अण्डा, एभोकाडो, सुन्तलाको जुस, घ्यू कुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग गर्ने सकिन्छ ।

राम्रो कपालका लागि खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ । यसका लागि गेडागुडी, खैरो भात खाने, भिटामिन बी कम्प्लेक्स प्रयोग गर्न सकिन्छ । कपाल झर्ने समस्याका कारणहरुमा मनोवैज्ञानिक समस्या, ब्याक्टेरियाको संक्रमण, केमोथेरापी, पौष्टिक तत्वको कमी र हार्मोनमा असन्तुलन हुन सक्छ । यसका साथै तालुको भागमा राम्ररी रक्तसञ्चार नहुँदा पनि कपाल झर्ने  समस्या हुन्छ ।

पुरुषहरूमा कपाल झर्ने समस्याको घरेलु उपचारहरुमा स् –तालुको मसाज पुरुषको कपाल झर्नबाट रोक्नका लागि तालुको भागलाई मसाज गर्दा राम्रो हुन्छ । तालुको भागमा राम्रोसँग रक्तसञ्चारका लागि यसको मसाज गर्नुपर्छ । रगतले कपालका जरालाई चाहिने अक्सिजन बोकेको हुन्छ । यसले कपाललाई उमार्न र हुर्काउन मद्दत गर्छ । तसर्थ, नियमित रुपमा तालुको मसाज गर्दा रक्तसञ्चारमा सुधार आउँछ ।

–नरिवलको पानी नरिवलको पानीमा प्रशस्त मात्रामा भिटामिन र पौष्टिक तत्व हुन्छन् । यसले कपाल पलाउनलाई सहयोग गर्छ । यसले कपालको जरालाई स्वस्थ र मजबुत पनि बनाउँछ । नरिवलको तेल वा नरिवल पानी दुवैलाई तालुमा लगाउन सक्नुहुन्छ । साथै नरिवलको पानी दिनहुँ पिउँदा कपाल र शरीर दुवै स्वस्थ हुन्छ ।

– अण्डा अण्डामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । जसले कपाललाई बाक्लो र बलियो बनाउन मद्दत गर्छ । एउटा अण्डालाई मज्जाले फिटेर पेस्ट बनाई नियमित रुपमा कपाल र तालुमा लगाएर केही मिनेटसम्म त्यत्तिकै राख्नुपर्छ । त्यसपछि पखाल्नु पर्छ । यसले कपाललाई बाक्लो र चम्किलो बनाउने काम गर्छ ।

–मरिच एक गिलास दहीमा दुई र तीन चम्चा कालो मरिचको धूलो राखी पेस्ट बनाएर कपालमा लगाउँदा कपालको झर्ने दर कम हुन्छ । यसरी लगाएको केही मिनेटपछि स्याम्पू लगाई नरम तरिकाले पखाल्नु पर्छ । nagariknews.com

Leave a Reply