जिल्ला प्रहरी कार्यालय म्याग्दीले गाउँबाट बजारमा झरेका बृद्धबृद्धालाई प्रलोभन देखाई लुटपाट गर्ने गिरोह सक्रिय रहेको भन्दै सर्तक हुन अपिल गरेको छ ।

केहीदिन यता बेनीबजार तथा आसपासका क्षेत्रमा अपरिचित व्याक्तिहरूले विभिन्न बाहना बनाई टाढा-टाढाबाट आएका बृद्धबृद्धालाई प्रलोभन देखाई लुटपाट गरी भाग्ने र विभिन्न झुटा कुरामा फसाउने गरेकाले सुरक्षित हुन अनुरोध गरिएको प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले बताए ।

‘एकै किसिमका गुनासो आएपछि गिरोह सक्रिय रहेको अनुमान गरिएको छ,‘यस्ता गतिविधिमा संलग्न भएको पाइएमा खवर गर्नुहोला’ प्रनि चौधरीले भने । उनले पसल तथा बैक तथा बित्तिय संस्थामामा अपरिचित मान्छेले बृद्धबृद्धालाई निगरानी गरेको देखेमा तत्काल प्रहरीलाई खवर गरिदिन समेत अनुरोध गरे ।

प्रहरीले पैसा निकाल्ने वा अन्य कामले बजारमा आएका बृद्धबृद्धालाई लुटपाट र प्रलोभनमा पार्न सजिलो हुने भएकाले पनि यस्ता गतिविधि गरेको हुनसक्ने भन्दै भिडभाडमा साधा पोशाकका प्रहरी समेत परिचालन गरेको जनाएको छ ।

लुटेराहरूले अपनाउने गरेका प्रवृतिहरू :-
१) मेरो बैकंमा यति पैसा फस्यो हजुरको सुन निकालेर दिनु मेरो पैसा निकालेसी हजुरलाई नगद पैसा थपेर सुन फिर्ता गरिदिन्छु, भन्ने ।
२) सुन जस्तो देखीने नक्कली सुनको डल्लो देखाई हजुर संग भएको सवै सुन जम्मा यति रहेछ यो सुन दिनु र यो सुनको डल्लो हो यसमा धेरै परिमाणको सुन छ भनि फकाई फुलाई गरी नक्कली सुनो डल्लो दिई सक्कली गर-गहना लिई फरार हुने गरेको ।

Leave a Reply