कमलबहादुर पूर्जा\ विन्टर सिजन (जाडो याम) मा विश्वको दोस्रो अग्लो हिमाल के–टु’ तर्फ प्रस्थान गरेको भाईले प्रतिकुल मौसमका कारण समस्यामा परेको खवरले दुखी भएको थिए ।
जाडो समयमा सुनसान जस्तै हुने हिमालतर्फ लम्किएका भाईको सफलताका लागि भगवानसँग निरन्तर प्रार्थनासँगै ताजा जानकारी लिने क्रममा शनिबार पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालमा विन्टर सिजन (जाडोयाम) मा सफल आरोहण गरेको खवर पाए। प्रतिकुल मौसमले भाईको यात्रा रोक्न सकेन्।
पर्वतारोहणको क्षेत्रमा भाईले दोस्रो दुर्लभ किर्तीमानी कायम गर्न सफल भएकोमा निकै खुसी छौ। निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहणको विश्व किर्तिमान बनाएर अन्तरराष्ट्रिय स्तरमै ठूलो चर्चा कमाउँदा घरमा आमा हुनुहुन्थ्यो।
अहिले आमा हुनुहुन्न । उहाँको सम्झनामा भाईको खुसी मनाइरहेका छौ। अघिल्लो बर्ष आमाले भाईलाई हेलिकप्टरमै लिन बेसक्याम्पसम्म पुग्नुभएको थियो । भाईको सफलताको खुसीयाली मनाउदै गर्दा आमाको अकास्मत निधन भयो । अग्ला हिमालमा लगातार आरोहण गर्ने सक्ने शक्ती भाईलाई प्राप्त भएको देखेर हामी अचम्मित छौ।
अघिल्लो बर्ष भाईले विश्वमै राखेको किर्तीमानीले हाम्रो परिवारसँगै नेपाल र जन्मभूमि म्याग्दीलाई समेत विश्वमा चिनाउन सफल भयो। मैले भाईको हरेक यात्रालाई सफल बनाउन भगवानसँग प्राथर्नासँगै आरोहणको सफलताका लागि हरेक घण्टा भगवानसँग पुकार गर्ने गर्दथे । सात समुन्द्रपारी भएका हामीले जन्मभूमिका सबै हिमालको आरोहण गरेपछि चिन र पाकिस्तानमा पुगेको अवस्थामा तत्कालै सुचना प्राप्त गर्न समस्या भइरहेको थियो।
भाईको हरेक गतिविधि कसैसँग प्रतिस्पर्धा नभई आफुँसंग प्रतिस्पर्धा गर्ने दौडमा रहेका भाईले घमण्डलाई कहिल्यै पनि स्वीकार गरेन् । उनको दिमाखमा घमण्डले स्थान पाउँनै सकेन् । पर्वतारोहणमा भाईले विज्ञता प्राप्त मात्रै गरेको छैन् । विश्वका साना र ठूला हिमालको आरोहणको क्रममा धेरै आरोहीलाई मृत्युको मुखबाट जोगाएको छ ।
सिकिस्त अवस्थामा रहेका आरोहीको जीवन रक्षामा भगवानले भाईलाई त्यो ठाउँमा पठाएको जस्तौ महसुस भएको छ ।मेरो बुबाआमा बिरामी हुदाँ समेत भाईको सफलतालाई आफ्नो रोगभन्दा धेरै चिन्ता थियो ।हिमाल आरोहण अव पनि हुनसक्छ तर पहिलोको जस्तो रफ्तार अव हुदैन, अव हिमाल अरोहणमा जानेहरुलाई भाईले सुरक्षित यात्राको वातावरण बनाउने छ।
भाईले आरोहणका लागि आफ्नो सम्पत्तीलाई बेवास्ता गरे, करोडौको पेन्सनले समेत आर्कषण गर्न सकेन् ।उसको अभियानलाई सफल बनाउन हामीले ब्यक्तिगत कामलाई समेत कम प्राथमिकता दिने अवस्था भयो । हाम्रो बुबाले भारतीय सेनामा मेजरको बढुवालाई समेत छोडेर परिवारलार्ई समय दिनुभयो। परिवारको आवश्यकताभन्दा पैसालाई बुबाले कहिल्यै पनि ठूलो सम्झिनुभएन् ।
दानाबाट चितवनसम्म मेरो बुबाआमाले छोराछोरीको हितमै धेरै काम गर्ने योजना बनाउनुभयो जसलाई आज भाईले पुरा गदैं छ । आफ्नो बुढेशकालमा गम्भीर रोगबाट ग्रसित हुदाँ समेत ठूला भएका छोराछोरीको सफलतालाई जटिल रोगसँगै लडेर भएपनि साथ दिनुभयो।
जेठो दाई गंगाबहादुरले गाउँमै शिक्षण पेसाबाटै ब्रिटिस आर्मीमा भर्ना हुनुभयो। दाईले ब्रिटिस आर्मीमा आफ्नो ब्याचमा खेलकुद र धाबक समेत हुनुहुन्थ्यो। जेठो दाईले समेत खेलकुदमा हामीलाई प्रोत्साहन गर्नुहुन्थ्यो । मगाउँमै शिक्षक पेशामा कार्यरत दाई जीतबहादुर अवकाश पछिको जीवनलाई सामाजिक क्षेत्रमा खर्चिनुभएको छ ।
सबै भाई गोर्खामा आर्कषित हुदाँ जीतलाई शिक्षण पेशा नै मनप¥यो । हाम्रो परिवारकी एकमात्रै बहिनी अनिताले नर्सिङमा बिएसम्मको अध्यययनसँगै नेपाल सरकारबाट विद्या पदकबाट सम्मानित समेत भईन् । अहिले अस्टे«लियामा रहेकी बहिनी अनिताको सफलताले उत्साहित छु ।
मेरो परिवारमा बुबाआमाको सामाजिक तथा राजनीतिक यात्रामा सबै छोराछोरीले साथ दिएको अवस्था छ । बुबा नन्दबहादुरले धेरै खुसी हुनुहुन्छ । स्वर्गीय आमा पूर्णकुमारी पूर्जाले ब्यक्तिगतभन्दा पनि समाजको फाईदाका लागि धेरै काम गर्नुभएको छ । मेरो आमाको तत्कालिन योगदान पञ्चायतकालामा महिला सभापति, म्याग्दी जिल्ला सदस्य सहित धेरै पदमा बसेर सेवा गर्नुभएको छ ।
आमाको इतिहासलाई जोगाउन भाई निर्मलले आफ्नै क्षेत्रमा भएको हिमालबाट आरोहण सुरुवात गरेको पनि अर्को महत्वपूर्ण पाटो हो । भाईको सफलतामा परिवारको मात्रै हात छैन् । भाई निर्मलले विश्वभर अर्को खुसीको सन्देश प्रवाह गरेको छ भने हाम्रो परिवारमा अर्को खुसी थपिदिएको छ ।
लेखक निर्मल पूर्जाका दाजु हुन् ।