कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बुधबार पोखरामा एक म्याग्देलीको निधन भएको छ । निजामति सेवा अन्तरगत स्याङ्जामा कार्यरत बेनी नगरपालिका–४,तातोपानी मसारकी महिलाको निमोनियाको  उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निधन भएको हो ।

रोका म्याग्दीका विभिन्न संघसंस्थामा समेत कार्यरत हुनुहुन्थ्यो । कोरोना संक्रमण भएपछि करिब ९ दिन अगाडी अस्पतालमा भर्ना भएकी रोकाको मृत्यु कोभिड निमोनियाका कारण मृत्यु भएको चिकित्सकको भनाई उद्धित गदैं मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताउनुभयो ।

लामो समय गैरसरकारी संस्था मिलन म्याग्दीमा कार्यरत रोकाले महिला तथा बालबालिकाको क्षेत्रमा विभिन्न अभियानमा समेत नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । कोरोनाका कारण स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पतालमा भर्ना हुनुभएकी रोकालाई चिकित्सकले मृत घोषणा गरेपछि नेपाली सेनाले शब ब्यवस्थापन गरेको छ। file photo

Leave a Reply