पर्वतको जलजला गाउँपालिका-२, गैराटोलमा अवस्थित समाज कल्याण आधारभुत विद्यालयमा अध्ययनरत दुई विपन्न विद्यार्थीको शैक्षिक अभिभावत्क ग्रहण गरिएको छ ।

बिहिबार विद्यालयमा आयोजित कार्यक्रममा जलजला वडा नं ३ स्कुलचोक निवासी बबी जिसीले जन्मदिनको अवसरमा विद्यालयको कक्षा १ मा अध्ययनरत आशा नेपाली र स्वर्गीय गोरखबहादुर स्मृति कोषले कक्षा २ की निशा नेपालीलाई आवश्यक पर्ने शैक्षिक खर्च उपलब्ध घोषणासँगै सहयोग हस्तान्तरण गरेको हो ।

आर्थिक अवस्था कमजोर भएकै कारण पठनपाठनमा समस्या भएपछि स्थानीय ब्यवसायी बबी जिसीले कक्षा ५ सम्मको खर्चका साथै आवश्यक उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

त्यस्तै पूर्व शिक्षक लक्ष्मी केसी लामिछानेले स्वर्गीय ससुरा गोरखबहादुर लामिछानेको प्रथम स्मृतिमा विद्यालयमा स्थापना गरेको ५० हजारको कोषबाट शैक्षिक साम्रागी, पोशाक लगायतको खर्च उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्ती क्षेत्रीले बताए । ‘आर्थिक अभावले पठनपाठनमा समस्या भइरहेको थियो,‘यो सहयोगले नियमित विद्यालय आउने वातावरण बनेको छ’ प्रअ क्षेत्रीले भने ।

कार्यक्रममा प्रमुख अतिथि वडा नं २ का वडा सदस्य प्रकाश जिसीले पढाईमा समस्या भएका विद्यार्थीलाई सहयोगको आवश्यकता रहेको बताएका थिए । पूर्व प्रधानाध्यापक ओमबहादुर जिसी, पुर्व अध्यक्ष गोरे नेपाली कोषका संस्थापक लक्ष्मी केसी लामिछानेले मन्तब्य राखेको कार्यक्रमको अध्यक्षता ब्यवस्थापन समिति सदस्य दलविर नेपाली, स्वागत प्रअ क्षेत्री र सञ्चालन शिक्षक इन्द्रबहादुर विकले गरेका थिए ।

Leave a Reply