प्रतिनिधि सभा विघटनको विरोधमा पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–१, मा पर्ने अति विकट तथा दुर्गम गाउँ गूर्जाका नेपाली कांग्रेसका कार्यकर्ताले देश जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजिनामा दिन माग गरेका छन् ।

केन्द्रिय कार्यक्रम अन्तरगत बिहिबार आयोजित बिरोध प्रदर्शनमा पार्टीको आन्तरिक किचलोको उचित व्यवस्थापन गर्न नसकेर संसद विघटन गरेर लोकतन्त्र र संविधानको अपमान गरेको भन्दै प्रधानमन्त्रीको राजिनामा माग गदैं लोकतन्त्रका पक्षधर एकजुट हुन अपिल समेत गरे ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मगर संघ धवलागिरी गाउपालिकाका अध्यक्ष देवेन्द्र रोकाले आवश्यक परे चुनावमा प्रतिस्पर्धा गर्न तयार रहेको बताउँदै अहिले चुनाव नभई लोकतन्त्रको रक्षा आवश्यक रहेको बताए ।

त्यस्तै वडा इकाई सभापति केआईसिं छन्त्यालले संविधानसभाबाट जारी संविधान, जनताको आधारभुत आवश्यकता समेत पुरा नभएको अवस्थामा पुनः निर्वाचनमा हुने खर्चले गूर्जा जस्तो दुर्गम क्षेत्रको विकास गर्न समेत सरकार समक्ष माग गरेका छन् ।

‘गूर्जाबाट सिंहदरबारलाई सन्देश,‘देश जोगाउन प्रधानमन्त्रीले राजिनामा दिनुहोस्’ सभापति छन्त्यालले भने । उनले प्रधानमन्त्री ओलीको प्रतिगमन कदम विरुद्ध कांग्रेसले प्रचण्ड–नेपाल पक्षसँग मिलेर आन्दोलन गर्न नहुने समेत बताएका छन् ।

राणा शासन, पहिलो जनआन्दोलन, राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको आन्दोलनको नेतृत्वसँगै नयाँ संविधान र प्रतिनिधिसभाको निर्वाचन समेत कांग्रेसले गराएकाले सरकार बिरुद्धको आन्दोलनमा एक्लै होमिनुपर्नेमा बताएका थिए । विरोध सभामा जितबहादुर विक,गणेश विक,नथलाल छन्त्याल,जगत छन्त्याल, चोपबहादुर छन्त्याल, घनबहादुर छन्त्याल, पवित्रा छन्त्याल, गुणराम छन्त्याल र भविन्द्र छन्त्यालले मन्तव्य राखेका थिए।

सचिव सुमन छन्त्यालको संचालन र सम्झना छन्त्यालले स्वागत गरेको उत्त विरोध सभामा दुरप्रसाद,सुद्वविर,दुर्गाकुमारी,विकास, गोलिन्द्र छन्त्याल,धनबहादुर रसाईली,मतिलाल रसाईली, हिरा कुमाई लगायत दश जना अन्य पार्टी परित्याग गरि कांग्रेस प्रबेश गरेको जनाइएको छ ।

Leave a Reply