बिहिबार दिउँसो सदरमुकाम बेनीमा प्रतिगमन कदम विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेका नेकपा प्रचण्ड–माधव समूहले साँझ विभिन्न स्थानमा राँके जुलुस निकालेर संसद विघटनको विरोधमा गरेका छन् । बेनपा-६ अर्थुङ्गे सहित आसपासका क्षेत्रमा राँके जुलुसमार्फत सरकारको बिरोध गरेका थिए ।

यूवा र विद्यार्थीको अगुवाईमा निकालिएको जुलुसमा नेकपाका जिल्ला अध्यक्ष गोविन्द पौडेल, गण्डकी प्रदेश कमिटी सदस्य मुना बानियाँ, नेकपाका कार्यालय सदस्य बालकृष्ण सुबेदी, यूवा संघ नेपालका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्मा लगायत यूवा संघ नेपाल, अखिलका विद्यार्थी नेता, मजदुर नेता, स्थानीय नेता तथा कार्यकर्ताको समेत उपस्थिती रहेको थियो । तत्कालिन माओवादीको जनयूद्धको सुरुवातीको झल्को दिने गरी बेनीबजार आसपासका अग्ला डाँडाबाट राँको निकालिएको जुलुसमा सहभागी एक यूवा नेताले बताए । नेकपाका यूवा नेता नगेन्द्र केसीले सरकारले संसद विघटनसँगै लोकतन्त्र माथिको आक्रमणको बिरुद्धमा विभिन्न चरणका आन्दोलन अन्तरगत राँके जुसुल निकालिएको बताए ।

प्रचण्ड–माधव समूहले जिल्लाको विभिन्न स्थानमा राँके जुलुस निकालेको जनाएको छ । विगतमा सदरमुकाम बेनीमा निकालिएको निकालिएको जुलुसलाई प्रहरीले तितरवितर पारेको थियो । संसद विघटनको विरोधमा नेपाली कांग्रेस सहित सबै दलले एक्लाएक्लै आन्दोलन गरेका छन् ।

Leave a Reply