म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारका एक अभिभावक विहिनलाई घर बनाउने एक प्रवासी म्याग्देलीले १ लाख आर्थिक सहयोग गरेका छन् । बुबाको मृत्यु,आमाले दोस्रो विवाह गरेपछि बिचल्लीमा परेका १५ बर्षिय बिमल र उनकी बहिनी बिमला खड्कालाई मोना जापानका सल्लाहकार एवम् समाजसेवी ददिवल खड्काले १ लाख नगद सहयोग गरेका हुन् ।

अभिभावकको मृत्यु र छोडेर गएपछि हजुरआमासँगै बस्दै आएको अवस्थामा हजुरआमाको समेत मृत्युभएपछि थप समस्यामा परेको भन्दै वडा अध्यक्ष कृष्ण बरुवालले सहयोग हस्तान्तरण गरे । ‘सरकारी अनुदानमा अपुग रकम सहयोग गर्नुभएको हो,‘उनीहरुलाई अन्य सहयोगको पनि आवश्यकता छ’ संयोजनकर्ता मोना जापानका सदस्य रुपचन्द्र बरुवालले भने । उनले चरम आर्थिक अवस्थाबाट गुज्रिएका बिमललाई सरकारी अनुदान समेत प्राप्त भएको छ ।

Leave a Reply