म्याग्दीमा भेटिएका सबै कोरोना संक्रमतिमा कुनै न कुनै लक्षण देखिएको छ । शुक्रबार तीनजनामा लक्षण सहित कोरोना संक्रमण पुष्टी भएको बेनी अस्पतालले जनाएको छ । बेनीबजार तथा जिल्ला बाहिरबाट आउने सर्वसाधारणले जनस्वास्थ्यको न्यूनतम नियमित समेत पालना गर्न छोडेपछि लक्षण सहितका संक्रमति थपिदैं गएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

अध्यक्ष कटुवालका अनुसार शुक्रबार बागलुङ ताराखोला घर भई बेनी अस्पतालमा नियमित डायलासिस सेवा लिइरहेको एक पुरुष सहित तीनजनामा कोरोना देखिएको छ । त्यस्तै कोरोनाका लक्षणसँग मिल्ने थप १० जनाको स्बाब संकलन गरी पोखरा पठाइएको छ । बेनीमा भेटिएका कोरोनाका बिरामीको उपचार गर्न ’असहज’ भएपछि दुई साता यता केही बिरामीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गरिएको थियो ।

जिल्ला बाहिर कोरोना पुष्टी भएका बिरामी समेत आउन थालेपछि कोरोना यूनिटमा राखेर उपचार गर्ने गरिएको छ । पछिल्लो समय जनस्वास्थ्यको मापदण्डको पालनमा हेल्चेक्राई गरिएको छ । संक्रमति मध्ये अधिकांसमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने जस्ता लक्षण देखिने गरेको छ ।

जिल्ला बाहिरबाट आवतजावत गर्नेले सर्तकता नअपनाउने तथा मास्कको प्रयोग, भौतिक दुरीमा ख्याल नगर्दा म्याग्दीमा कोरोनाको संक्रमण दर तीब्र गतिले बृद्धि हुन सक्ने बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा। नवराज बस्ताकोटीले बताउनुभयो।

’संक्रमितमा लक्षण देखिनु भनेको समस्या र संक्रमितको संख्या बढेर जाने संकेत पनि हो,‘अस्पताल भित्र चेकजाँच गर्न आउने बिरामीले पनि मास्क प्रयोग गर्न छोड्न थाल्नुभएको छ’ डा. बस्ताकोटीले भन्नुभयो ।  मास्कको प्रयोगले पनि कोरोना संक्रमणबाट जोगिन सकिने बताउँदै अनिवार्य मास्क प्रयोग गर्न डा। बस्ताकोटीले अपिल गर्नुभयो । बेनी अस्पतालका चिकित्सकले दिर्घरोगी र बृद्धबृद्धालाई कोरोनाको जोखिम रहेकाले लक्षण देखिएमा उपचारमा जटिलता आउन सक्ने तर्फ सचेत बनाएका छन् । Photo Source: Google

Leave a Reply