नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले म्याग्दीस्थित मिलनचोक–डम्मरा ११ केभी हाइटेसन वितरण लाइन चार्ज गर्ने भएको छ । केन्द्रले बेनी बजार क्षेत्रमा विद्युत वितरण गर्न निर्माण गरेकाे लाइन शनिबार (माघ १० गते) देखि लाेड दिएर चार्ज गर्न लागेको हो ।

पर्वतको जलजला गाउँपालिका स्थित ३३/११ केभी मिलनचोक सबस्टेसनदेखि लामाखेत, अथुङ्गे, महारानथान, मंगलघाट हुँदै डम्मरासम्म निर्माण सम्पन्न भएको नयाँ वितरण लाइन चार्ज गर्न लागिएको केन्द्रले जनाएको छ । केन्द्रले वितरण लाइनमा ११ हजार भोल्टेज प्रवाह गरिने हुँदा विद्युतीय संरचना (पोल, तार,स्टे) नजिक नजान तथा नछुन सर्वसाधारणमा अनुरोध गरेकाे छ ।

लाइन चार्ज गर्ने क्रममा विद्युतीय संरचनामा छुँदा नजिक जाँदा विद्युतीय दुर्घटनाकाे जाेखिम हुने भएकाले सावधानी अपनाउन भनिएकाे हाे । वितरण साइन सञ्चालन गर्ने क्रममा बेनी र दाना फिडरकाे विद्युत सेवा ५ घन्टाका लागि अवरुद्ध हुने पनि केन्द्रले जनाएकाे छ ।

लाइन चार्ज हुने अवधिभर बिहान ११ बजेदेखि  दिउँसाे ४ बजेसम्म दुवै फिडरकाे सेवा बन्द हुनेछ । सेवा बन्द हुँदा रत्नेचौर, अर्जम, भकुण्डे, गौश्वरा, तोराखेतलगायत यी फिडरबाट वितरण हुने क्षेत्रमा विद्युत नआउने भएकाे छ । नयाँ लाइन सञ्चालनमा आएपछि यस क्षेत्रकाे  वितरण प्रणालीमा सुधार हुनेछ । अहिले सञ्चालनमा रहेकाे वितरण लाइन ओभर लाेड हुँदा जथाभावी लाइन काटिने समस्या थियाे । Source: ऊर्जा खबर

Leave a Reply