जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिक र बेद विद्यालयका विद्यार्थीलाई भोजन, खाद्यान्न र दक्षिण प्रदान गरिएको छ ।

यूकेमा रहेका मंगला गाउँपालिका–४ पोकका निर्मल र रेजिना राम्जाली पुनले आफ्नो छोरा निरभिक पुनको दीर्घायु तथा सुस्वास्थ्यको कामना सहित शनिबार विहान भोजन, करिब २१ हजारको खाद्यान्न र दक्षिणा गरी ३८ हजार बराबरको सहयोग हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा निरभिक पुनका हजुरबुबा राजु राम्जाली र हजुरआमा पूर्ण राम्जालीले सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा बृद्धबृद्धा आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर सहयोग गरिएको बताउनुभयो ।

आश्रममा रहेका बृद्धबृद्धासंगै मन्दिरको दर्शन गर्न आएका भक्तजनलाई समेत आवश्यक परेमा निशुल्क भोजनको सुविधा रहेको बताउँदै ब्यक्तिगत र सामाजिक संघसंस्थाबाट प्राप्त सहयोगले सहज भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करिव ७५ बृद्धबृद्धाको बसोबास रहेको छ । विभिन्न जिल्लाबाट संस्कृत अध्ययनका लागि समेत आउने गरेका छन् ।

Leave a Reply