म्याग्दीको धवलागिरी गाउँपालिका-५,मल्कवाङमा रुखले थिचेर शनिबार एक यूवाको ज्यान गएको छ । गाउँ नजिकै नन्दीबाङमा ३० बर्षिय ज्ञान बहादुर सिर्पालीको घटनास्थलमै मृत्यु भएको हो। रुख आफुँले काटिरहेको रुखले थिचेर घटनास्थलमै मृत्यु भएपछि आफन्त र छिमेकीले गाउँमा ल्याएको छ ।

मृतक सिर्पालीको शब आइतबार अन्त्येष्टी गरिने छ । एक्कासी रुख आफुँतिर आएपछि ज्यान जोगाउने प्रयास गरेपनि लागेर अचेत भएको अवस्थामा भेटिएका थिए । मल्कबाङमा यसअगाडी समेत भिर र रुखमा जोखिमपूर्ण रुपमा घाँस काट्दै गरेको अवस्थामा समेत लडेर ज्यान गुमाएका छन् ।

Leave a Reply