चर्चित गायक किरन पुनको ‘चोखो माया’ गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । माया प्रेममा आधारित गितको म्युजिक भिडिओ गायक पुनको अफिसियल युट्युव च्यानल किरन पुन मार्फत सार्वजनिक गरिएको हो । गितमा शब्द÷सिर्जना र संगित पुनको र एरेण्ज राकेश सोनीको रहेको छ ।

गायक पुन र गायीका यामुना बुढाको स्वर रहेको गितको म्युजिक भिडिओमा गितु पुन र श्याम विश्वकर्माको अभिनय रहेको छ । पोखराको अल्फान्जो रिसोर्ट लगायत विभिन्न ठाउँमा छायाँकन गरिएको म्युजिक भिडिओको निर्देशन र सम्पादन जिवन सेन्चुरीले गर्नुभएको हो । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ५ छिस्बाङमा जन्मनुभएका पुनले यसअघि दुई दर्जन बढी गित बजारमा ल्याउनुभएको छ ।

अन्य गीत तथा म्युजिक भिडिओहरूमा भन्दा अझ बढी मिहेनत गरेको गायक पुनको भनाई छ । ‘अघिल्ला गीत तथा म्युजिक भिडिओमा पाएको दर्शक तथा स्रोताको प्रतिकृयालाई पनि आत्मसात गर्दै थप मिहेनत गरेको छु । रुचाईदिनुहुन्छ होला भन्ने अपेक्षा गरेको छु’, उहाँले भन्नुभयो।

 

Leave a Reply