उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खिबाङलाई गाउँपालिका केन्द्र बनाउन माग गर्दै खिबाङबासीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । स्थानीय तहको निर्वाचन पछि लामो समयसम्म भाडामा बस्दै आएको गाउँपालिकालाई आवश्यक पर्ने १ सय रोपनी जग्गा निशुल्क उपलब्ध गराउने प्रतिबद्धता सहित गाउँपालिकाको स्थायी केन्द्र बनाउन माग गरिएको छ ।

वडा नं ६ का सदस्य क्या. रविन्द्र पुनको नेतृत्वमा आएको टोलीले प्रजिअ उमाकान्त अधिकारीलाई आसपासका क्षेत्रका वडाबासीको लिखित प्रतिबद्धता समेत रहेकाले अस्थायी र दिर्घकालिन रुपमा जोखिम स्थानमा महंगोमा जग्गा खरिद गरी गाउँपालिकाको केन्द्र नबनाउन माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै वडा सदस्य पुनले अस्थायी संरचनामा गरिएको खर्चले गाउँपालिकाको संरचना नै बन्ने बताउँदै गाउँपालिका भित्रको उपयुक्त जग्गा छनौट गरी स्थायी संरचना बनाउनुपर्नेमा जोड दिनुभयो । ‘हामीले खिवाङमा १ सय रोपनी जग्गा निशुल्क दिन्छौ,‘सडक सञ्जालसँगै जोडिएको जमिन गाउँपालिकालाई दिन्छौ,‘संरचना बनाउन पनि आवश्यक सहयोग गछौं’ पुनले भन्नुभयो ।

खिवाङबासीले आफ्नो गाउँपालिकाको केन्द्र बनाउन जग्गा उपलब्ध गराउने जस्तै अन्य पायक पर्ने ठाउँमा निशुल्क जग्गा सहितको स्थलगत अनुगमन समेत गर्न प्रजिअ अधिकारीलाई अनुरोध गरेका छन् ।

हाल गाउँपालिकाको केन्द्र रहेको पोखरेबगरमा प्रयाप्त जग्गा नभएकाले सधै भाडामा बस्ने अवस्थाले गाउँपालिकाको स्थायी संरचना बन्न नसक्ने खिबाङबासीको भनाई छ । यता ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले गाउँपालिकाको केन्द्र उपयुक्त भूगोलमा बन्नुपर्ने बताउँदै गाउँपालिका, जिल्लाका राजनीतिक दलसँग समेत परार्मश लिएर अगाडी बढ्ने बताउनुभयो ।

‘सम्रग गाउँपालिकालाई नै सहज हुने स्थानमा संरचना बन्दा राम्रो हुन्छ,‘भूगोलको समय मिलाएर स्थलगत अनुगमनमा आउँछु’ प्रजिअ अधिकारीले भन्नुभयो । स्थानीय तहको अधिकारभित्र पर्ने अवस्थामा आफ्नो राय मात्रै दिन सकिने प्रजिअ अधिकारीको भनाई छ । यसअगाडी समेत खिबाङबासीले गाउँपालिकाको केन्द्रमो माग गदैं आइरहेका थिए ।

Leave a Reply