हात भाँच्चिएर उपचारबाट बन्चित भएकी बेनी नगरपालिका-१, सालघारीकी हिरामति कामीको उपचार पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले गर्ने भएको छ । घरायसी काम गर्ने क्रममा हात भाँच्चिएपनि उपचारको अभावमा घरमै बसेकी कामीका बारेमा भानु माविका प्रधानाध्यापक भरत खत्रीले पहल गरेपछि आर्थिक संकलन समेत भएको थियो ।

कामीको उपचारको सम्पूर्ण खर्च चरक अस्पतालले गर्ने ब्यवस्था मिलाइएको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनका स्वकिय सचिव प्रकाश पौडेलले बताउनुभयो । ‘उपचारमा अस्ताल प्रशासनले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएको छ,‘हामीले आवश्यक सहयोग गछौं’ पौडेलले भन्नुभयो ।

आर्थिक अवस्था कमजोर कामीको घर समेत लायन्स क्लव बेनी पिस सिटीले निर्माण गरी हस्तान्तरण गरेको थियो । लामो समयसम्म गोठमा बस्दै आउनुभएकी कामीको उपचार हुने खवरले उत्साहित भएको उपचार अभियानमा सक्रिय प्रधानाध्यापक खत्रीको भनाई छ । आवश्यक खर्च र उपचारमा धौलागिरी टेलिभिजनका संवाददाता शिव बोहोराले समेत आर्थिक जुटाउनुभएको थियो ।

Leave a Reply