प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले मंगला गाउँपालिका-५, किमचौरमा विरोध कार्यक्रम गरेको छ। प्रधानमन्त्री केपी ओलीले जनताको जनादेश विपरित काम गरेको भन्दै संसद पुर्नस्थापना सहित संविधानको रक्षाको निर्णायक आन्दोलनको तयारीमा रहेको बक्ताले बताएका छन् । बिरोधसभा एवम् सिर्जना आमा समुहको भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पार्टी सभापति खम्बीर गर्बुजाले कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षाको जिम्मेबारी कांग्रेसकै काँधमा रहेको बताउँदै प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नभएको बताउनुभयो। ‘चुनावमा जान कांग्रेस तयार छ, त्यो भन्दा पहिले लोकतन्त्र र संविधानको रक्षाका लागि अहिले आन्दोलित भएका छौ’ सभापति गर्बुजाले भन्नुभयो । निर्वतमान सभापति एवम् संविधानसभा सदस्य रेशमबहादुर बानियाँ कम्यूनिष्ट सरकारको प्रतिगमन कदम बिरुद्ध कांग्रेसले शसक्त आन्दोलन गर्ने बताउनुभयो । उहाँले कांग्रेसले सरकारको नेतृत्व गर्दा देशलाई संविधान दिएको र लोकतन्त्रको रक्षाका लागि बाम गठबन्धनका बिच आफुँ हारेर चुनावमार्फत कम्यूनिष्टलाई सत्ता हस्तान्तरण गरेको बताउँदै लोकतन्त्रको रक्षाका लागि कुनै सम्झौता नगर्ने बताउनुभयो ।मंगला गाउँपालिका इकाईका संयोजन र वडास्तरीय कार्यक्रममा पूर्व सहसभापति नेत्रबहादुर महत,भुपु जिल्ला पञ्चाय सभापति रामबहादुर बुढाथोकी, पार्टी सचिव मिनबहादुर कार्की, जिल्ला कार्यसमिति सदस्य केबी भण्डारी, बलभद्र ढकाल, लालबहादुर रोका, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको अध्यक्ष हिरा बहादुर पुन, नेपाल राष्ट्रिय मगर संघ मंगलाका अध्यक्ष बिरेन्द्र पुन, स्थानीय पूर्व शिक्षक तुलसीराम सापकोटा, महिला संघ म्याग्दीकी सभापति बिमला गौचना लगायतले आफ्नो भनाई राखेका थिए ।

प्रमुख अतिथि गर्बुजाले करिब १० लाखको लागतमा निर्मित आमा समुहको भवन उद्घाटन गर्नुभएको थियो । मंगला गाउँपालिका इकाई सभापति नरसिंह केसीको सभापतित्वमा भएको कार्यक्रमको स्वागत स्थानीय यूवा रविन्द्र फगामी, आमा समुहको तर्फबाट जालमायाँ रोकाले गर्नुभएको थियो । कार्यक्रममा महदत्त कँडेल, रविन्द्र फगामी लगायत करिब एकदर्जन विभिन्न राजनीतिक दलका परित्याग गरी कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस प्रदेश ‘ख’ सचिव श्रीराम पौडेलले जानकारी दिए ।

Leave a Reply