---Advertisement---

बेनीमा आइपुग्यो ९ सय ४० जनालाई पुग्ने कोरोनाको खोप

On: January 25, 2021 8:41 PM
Follow Us:

कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप बेनी अस्पतालमा आइपुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा ल्याइएको ९४ भायल खोप प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका कोल्ड चेन निरिक्षक हिमलाल सुबेदीले प्रजिअ उमाकान्त अधिाकारीलाई हस्तान्तरण गरिएको छ।

म्याग्दीमा कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र एम्बुलेन्स चालकलाई लगाइने पहिलो प्राथमिकतामा राखेर खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । म्याग्दीमा उपलब्ध भएको खोप ९ सय ४० जनालाई दुई चरणमा लगाउन पुग्ने स्वास्थ्य कार्यालयका परिवार नियोजन निरिक्षक नवराज सारुले जानकारी बताउनुभयो। एक भायलमा १० डोज खोप हुन्छ । खोप दुईदेखि आठ डिग्री तापक्रममा भण्डारण गर्न मिल्छ । कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने बेनी अस्पतालका डा. जितेन्द्र कँडेलले बताउनुभयो । ‘प्रदेश सरकारले पहिलो चरणमै म्याग्दीमा खोप पठाएको छ,‘लक्षित समुहलाई तयारी अवस्थामै राखेका छौ’ प्रमुख डा. तिवारीले भन्नुभयो ।

कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्नसक्ने क्षमता विकास सुरु हुन्छ । चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने डा. तिवारीको भनाई छ । स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालका अनुसार आगामी माघ १४ गते विहानदेखि बेनी अस्पतालमा खोप लगाउन सुरु गरिने छ । यो खोप अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।