मंगला शिक्षा क्याम्पसको पाँचौ सञ्चालक समितिका अध्यक्षमा यामबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ। पश्चिम म्याग्दीको मंगला गाउँपालिका-२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभाबाट सदस्यहरूमा टंक बुढाथोकी,शेरबहादुर केसी, बिनोद भट्टचन, प्रेमलाल पौडेल, यशोधा रोका, देबीकुमारी केसी, विन्दु मल्ल, कलदेबी जिसी, बिना भण्डारी र रुद्धबहादुर केसीलाई निर्विरोध चयन हुनुभएको छ। क्याम्पस सञ्चालक समितिलाई गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, निर्वतमान अध्यक्ष श्रीराम पौडेलले बधाई दिदैं आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभएको थियो । गाउँपालिका अध्यक्ष रोकाले सामान्य धारको पढाइभन्दा बजारमा छिटो रोजगारी पाउने र आकर्षक कमाई हुने भनिएको प्राविधिक धारका विषयलाई प्राथमिकता दिदैं क्याम्पसलाई पश्चिम म्याग्दीको शैक्षिक हब बनाउनको लागि प्रतिबद्ध रहेको बताउनुभयो ।नवनिर्वाचित अध्यक्ष थापाले पश्चिम म्याग्दीसँगै छिमेकी बागलुङको ताराखोला, तमानखोला गाउँपालिका लगायतका क्षेत्रबाट समेत विद्यार्थी आउने बातावरण बनाउने बताउनुभयो । उहाँले डिप्लोमा तह अन्तर्गत ईलेक्ट्रीकल इन्जीनियरिङ, आईएस्सी एग्रिकल्चर विषय सञ्चालन गर्न सकेमा जिल्ला बाहिरबाट समेत विद्यार्थीलाई तान्न सकिने बताउँदै स्थानीय, प्रदेश र संघीय सरकारसँग आवश्यक सहयोग लिएर श्रम बजारमा माग भए अनुसारको जनशक्ति उत्पादनका लागि आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने बताउनुभयो ।स्थानीयको सक्रियतामा स्वदेश तथा विदेशबाट गरी झण्डै साढे ८७ लाख रुपैयाँ आर्थिक सङ्कलन गरी तलबसुविधा सहित लाम्पाटामा साढे ३३ रोपनी जग्गा खरिद गरी संघीय पुर्वाधार कार्यक्तम अन्तरगत ७० लाख रुपैयाँको बजेटबाट मंगला शिक्षा क्याम्पसको ८ कोठे भवन र शौचालय निर्मांणधिन अवस्थामा रहेको छ ।

यसैगरी मंगला गाउँपालिकाको गत आवमै २० लाख रुपैयाँ बजेटबाट निर्माणसम्पन्न भवनको तल्लो कोठामा रङरोगन तथा माथिल्लो तलामा पार्टेसनको काम गरिएको छ । त्यस्तै चालु वर्षमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा २५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा कार्यान्वयनको क्रममा रहेको जनाइएको छ ।

Leave a Reply