????????????????????????????????????

राष्ट्रिय अपांग महासंघ नेपालको संघीय कार्यसमितिको पाँचौ पूर्ण बैठक म्याग्दी सदरमुकाम बेनीमा हुन लागेको छ । माघ १४ गते बुधवार हुने बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाईएको छ । महासंघले मंगलवार पत्रकार सम्मेलन गरि बुधवार हुने संघीय कार्यसमितिको पूर्ण बैठकको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

बैठकमा महासंघका ३८ जना पदाधिकारी र सदस्य, ७ वटै प्रदेशका प्रदेश अध्यक्ष लगायत गरि करिब ६० जनाको सहभागीता रहने महासंघका अध्यक्ष मित्रलाल शर्माले जानकारी दिनुभयो । उहाँले बैठकमा भाग लिनका लागि अधिकाँश सहभागीहरु बेनी आइपुगेको बताउनुभयो ।

राजधानीमा मात्रै बैठक नगरि विभिन्न जिल्लाहरुमा कार्यक्रम गर्ने र फरक–फरक स्थानका समस्या, जटिलता र बास्तविक अवस्था बुझ्नका लागि समेत बैठकहरुलाई उपत्यका बाहिर आयोजना गर्न थालिएको महासंघका महासचिब राजु बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार, बैठकले विभिन्न ५ वटा एजेण्डाहरुमा बृहत छलफल गरि आबश्यक निर्णयहरु गर्नेछ । बैठकमा अपांगता भएका व्यक्तिहरुका लागि बनेका नीतिगत ऐन, नियम र कानूनहरुको कार्यान्वयनको अबस्थाका बारेमा समेत गम्भिर समिक्षा र छलफल गरिने जनाइएको छ । २०५३ सालमा स्थापना भएको महासंघले अपांगता भएका व्यत्तिहरुको हक, हित र अधिकार संरक्षण र प्रवद्र्धनका लागि क्रियाशिल रहँदै आएको छ ।

Leave a Reply