बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्षले जग्गा नामसारीको सिफारिस नदिएपछि एक पिडित रुदै मिडियामा आएका छन् । बानपा २ का वडा अध्यक्ष जिवन आचार्यले जग्गा बिक्रिका लागि वडामा नामसारी लिन जाँदा सिफारिस नदिएको भन्दै एक व्यक्ति रुदै पत्रकार महासंघको भवनमा पुगेका थिए ।

म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ६ अर्मन घर भई बानपा २ मा पूर्खौली जग्गा भएका ६० बर्षिय चित्रराज आचार्य बानपा २ का अध्यक्ष आचार्यले नामसारीको लागि कार्यालय जाँदा सिफारिस नदिएर पटक –पटक दुख दिएको र पदको दुरुपयोग गरेको भन्दै पत्रकार महासंघको भवनमा पुगेर पत्रकार सम्मेलन गर्नु भएको थियो ।

बानपा २ मा वडा अध्यक्षको घरसंगै रहेको जग्गा बिक्री गर्नका लागि धेरै प्रयास गर्दा पनि अध्यक्षकै परिवारले भड्काउने काम गरेको र पछिल्लो समय बिक्रिका लागि बैनापट्टा गरेर जग्गा नामसारीका लागि सिफारिस लिन जाँदा नदिई उल्टै आफ्नो जग्गा परेको भन्दै न्यायिक समितिमा मुद्धा हालेर दुख दिने काम गरेको पिडित आचार्यले बताउनुभयो ।

वडा अध्यक्षको परिवारले न्यायिक समितिमा मुद्धा दिएपछि आफुले पनि दुख दिएको बिषयमा उच्च अदालतमा मुद्धा हालेको र निज वडा अध्यक्ष आचार्यले सिफारिसका लागि कुनै रोकतोक नगरेको भन्ने प्रतिउत्तर लाएरपनि सिफारिस रोक्ने काम गरेको आचार्यले गुनासो गर्नुभयो । वडा अध्यक्ष जस्तो पदमा रहेर पदिय जिम्मेवार बहन गर्नुको साटो जनतालाई दुख दिने कामले कानुनको खिल्ली उडाएको उहाँको आक्रोस रहेको थियो ।

आचार्यले वडा अध्यक्ष आचार्यले घर बनाउने क्रममा आफ्नो जग्गा मिचेकाले सोही जग्गाको साटो अर्को बरावरको जग्गा दिएपनि अहिले आएर आफ्नो भनि दावि गरेर बिक्री गर्न समेत नदिने खेल खेलेको बताउनुभयो । आचार्यले जग्गाको लालपूर्जा पनि आफ्नो नाममा रहेको र तिरोपनि आफुले नै तिर्दै आएको समेत बताउनुभयो ।

यस बिषयमा कुरा गर्न खोज्दा वडा अध्यक्ष जिवन आचार्यको फोन अफ रहेको थियो । पत्रकार सम्मेलनको संचालन कमल शर्माले गर्नु भएको थियो । सो अवसरमा पिडित आचार्यले पत्रकार महासंघको भवनका लागि ३ हजार १ सय ५ रुपैया सहयोग पनि गर्नु भएको थियो । शिब बोहोरा 

Leave a Reply