म्याग्दीका यातायात ब्यवसायीले म्याग्दीबाटै अस्थायी रुट परमिट पाउने भएका छन् । छोटो तथा लामो दुरीका सवारीसाधनलाई बागलुङको यातायात कार्यालयबाट हुने अस्थायी रुट परमिट जिल्लास्थित पूर्वाधार विकास कार्यालयले वितरण गर्न थालेको छ । पूर्वाधार कार्यालयले मंगलबारदेखि वितरण प्रक्रिया सुरु गरेको कार्यालय प्रमुख नवराज पौडेलले जानकारी दिनुभयो ।

‘यातायात ब्यवसायीलाई सहज भएको छ,‘सेवा थपिएसँगै जनशक्ती समेत माग गरेका छौ’ प्रमुख पौडेलले भन्नुभयो ।उहाँका अनुसार प्रति किलोमिटर रु २ राजश्व लिएर अनुमति दिइने छ । म्याग्दीका सार्वजनिक सवारीसाधनलाई धौलागिरी बाहिर जान अनुमित लिन निकै समस्या हुने गरेको थियो ।

जिल्लामा यातायात सेवा सुरु भएसँगै अव सोही कामका लागि नियमित बागलुङ र पोखरासम्म पुग्नुपर्ने बाध्यता हटेको यातायात ब्यवसायीको भनाई छ । कार्यालयबाट परमिट बाहेक यातायात कार्यालयका अन्य सेवाहरु समेत विस्तारै थपिदै जाने जनाइएको छ । विलबुक नविकरण, यातायात रुट परमिट, नविकरण लगायतका सेवाहरु समेत जिल्लामै उपलब्ध भए थप सहज हुने ब्यवसायीको भनाई छ ।

Leave a Reply