म्याग्दीमा कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान सुरु भएको छ । बेनी अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल प्रमुख डा. जितेन्द्र कँडेलले खोप लगाएर सुरुवात गर्नुभएको छ । खोप अभियानको जिल्ला समन्वय प्रमुख देबेन्द्रबहादुर केसीले शुभारम्भ गर्नुभएको थियो।कोरोनाविरुद्धको खोप लगाउनुभएका डा. कँडेलले कोभिशिल्ड खोप प्रभावकारी रहेकाले निश्चिन्न भएर खोप लगाउन अनुरोध गर्नुभएको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, बेनी नगरपालिका उपमेयर सञ्जु बरुवाल, प्रहरी नायव उपरीक्षक श्यामकुमार राई लगायतको उपस्थिती रहेको छ । बेनी अस्पतालका क्लिनिक कोअर्डिनेटर डा. नवराज बस्ताकोटी रेडक्रसकर्मी सुरत केसी लगायत कोरोना नियन्त्रणको अग्रपंतिमा रहेर स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक लगायतले खोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।उद्घाटन कार्यक्रममा खोप लगाएका कोहीलाई पनि साइड इफेक्ट नदेखिएकाले खोप प्रभावकारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । म्याग्दीमा ९४ भायल खोप आएको छ । म्याग्दीमा उपलब्ध भएको खोप ९ सय ४० जनालाई दुई चरणमा लगाउन पुग्ने प्रमुख लम्सालको भनाई छ ।एक भायलमा १० डोज खोप हुन्छ । कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्छ । चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने चिकित्सकको भनाई छ ।

Leave a Reply