म्याग्दीमा कोभिड-१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप अभियान अन्तरगत पहिलो दिन १ सय ३० जनाले खोप लगाएका छन् । बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले खोप लगापछि अस्पतालका अन्य चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वयंमसेविका सहित कोरोना बिरुद्धको फ्रन्टलाइनमा सक्रिय गरी ९७ महिला र ३३ पुरुषले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बुधबार स्वास्थ्य कार्यालय म्याग्दीले बेनी अस्पताल परिसरमा आयोजना गरेको खोप शुभारम्भ समारोहमास्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बताउनुभयो । पहिलो दिन खोप लगाएका कसैलाई पनि कुनै समस्या नदेखिएको प्रमुख लम्सालको भनाई छ ।

खोप लगाउँदा यदि त्यस्तो गम्भीर खालको असर देखिएमा प्रदेश सरकारले हेलिकप्टरमार्फत बिरामीको उद्दार गरी उपचार गरिने व्यवस्थापन मिलाइएको छ ।  बुधबार र बिहीबार बेनी अस्पताल र बेनी नगरपालिकाका स्वास्थ्यकर्मी तथा कर्मचारीसहित २ सय ५५ जनालाई खोप लगाइने छ ।

म्याग्दी जिल्लामा पहिलो चरणमा ८ सय २१ जनालाई कोरोनाविरुद्ध खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा ल्याइएको ९४ भायल खोप पठाएको थियो । एक भायलमा १० डोज खोप हुन्छ ।

कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने चिकित्सकको भनाई छ । कोभिशिल्ड खोप अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युड अफ इन्डियाले उत्पादन गरेको हो ।

Leave a Reply