बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीकोसदरमुकाम बेनीमा ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–८, बेनीका वडा अध्यक्ष रामकृष्ण बराईलीले बौद्धिक अपाङ्गता विशेष खालको भएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।

प्रवक्ता बराईलीले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सबैले माया, ममता र हौसला दिन आवश्यक रहेकोमा जोड दिँदै राज्यका निकायबाट उचित सहयोगको आवश्यकता रहेको औंल्याएका थिए । बौद्धिक अपाङ्गता संघ नेपालका केन्द्रीय अध्यक्ष राजु बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई सबैको साथ र सहयोगको आवश्यक पर्ने भन्दै राज्यका निकायबाट विशेष खालको सहयोग हुनुपर्नेमा जोड दिएका छन् ।

साधारणसभामा संस्थाका सचिव कृष्णबहादुर बानियाँले प्रगति र कोषाध्यक्ष बिजुला किसानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बौद्धिक अपाङ्गता बालबालिकाहरुको केन्द्रीय अध्यक्ष शिव श्रेष्ठ र स्व वकालत अध्यक्ष ममता पौडेलले मन्तव्य राखेको कार्यक्रम बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीका अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षता, सचिव कृष्णबहादुर बानियाँको सञ्चालन र सदस्य सुरक्षा सापकोटाको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply