---Advertisement---

तरुण दलका अध्यक्ष बस्नेतले भने,‘सर्प पाल्न लगेको ७२ करोड फिर्ता गर्नुहोस्’

On: January 30, 2021 7:38 PM
Follow Us:

नेकपाका बरिष्ठ नेता झलनाथ खनालले विषालु सर्प पाल्ने सरकारबाट लिएको ७२ करोड फिर्ता गर्न नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले माग गरेका छन् ।

निर्वाचनमा कांग्रेसलाई पराजित गर्न पार्टी एकता गरी एकिकरण गरेको नेकपाका नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थका लागि विभिन्न प्रतिष्ठानको नाममा लुट मच्चाइरहेको बताउँदै नेकपा नेता खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्पको विष उत्पादन गरी भारतमा विक्री गर्न सरकारबाट अनुदान लिएको बस्नेतको आरोप छ।

‘कम्यूनिष्ट नेताहरु नै नेपाली जनतालाई विषालु सर्प जस्ता बनेका छन्,‘नेता खनालमा इमान्दारिता छ भने त्यो पैसा फिर्ता गरी कोरोनाको भ्याक्सिन किन्न दिनुपर्छ’ अध्यक्ष बस्नेतले भने । शनिबार म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीले आयोजना गरेको वडास्तरीय तरुणदल पुर्नगठन कार्यक्रममा बोल्दे नेता बस्नेतले नेता खनाल र माधव नेपालमा पनि इमान्दारिता नभएको बताउँदै विभिन्न नाममा सरकारी सम्पत्तीमा लुट मच्चाइरहेको बताए ।

विषालु सर्पले टोकेर तराई क्षेत्रमा हरेक वर्ष मानिसहरुको ज्यान जाने गरेको अवस्थामा कम्युनिष्ट सरकारले समेत संसद विघटन गरी संविधानको हत्या गर्न खोजेको समेत नेता बस्नेतको भनाई छ । तराईका जिल्लामा सर्पको आंतक रहेपनि नेताको नाममा स्थापना भएको प्रतिष्ठानले उक्त काम गर्न नसक्ने बस्नेतले बताए ।

‘सर्प पालन र एन्टी भेनम उत्पादनको आवश्यकता छ,‘सर्पको जस्तो स्वभाव भएका कम्युनिष्ट नेताबाट त्यो सम्भव छैन’ अध्यक्ष बस्नेले भने । प्रदेश २ सरकार र संघीय सरकारसँग ७२ करोड रुपैयाँको सम्झौता गरेर लगेको पैसालमा लुट मच्चाएको बताउँदै प्रधानमन्त्री ओलीको कदमले लगातार लुट्ने नसकेपछि नेता खनाल निराश भएको बस्नेतको दावी छ।

नेता बस्नेतले प्रधानमन्त्री ओली भन्दा माधव नेपाल र नेता खनालको चर्को विरोध गर्दै सत्ताको नाममा लुट्ने सपना चकनाचुर भएको बताउँदै संसद विघटनको बिरुद्धमा कम्यूनिष्टसँग सहकार्य गरी आन्दोलन नहुने बताए । विगतमा कम्युनिष्टले निर्वाचनमा तालमेल र अन्य आन्दोलनमा धोका दिएको नेता बस्नेतको भनाई छ।