म्याग्दी जेसीजको वर्ष सन २०२१ को लागि निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै सामाजिक कार्यहरुमा सक्रिय संस्थाको २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित विरेन्द्र श्रेष्ठ सहितको पदाधिकारीहरुले शनिवार बेनीमा २२ औँ पदस्थापना कार्यक्रम मार्फत पदभार ग्रहण गरेका हुन् ।

कार्यसमितिको वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, कार्यकारी उपाध्यक्षमा सुमन बानियाँ, विष्मा श्रेष्ठ, उपाध्यक्षहरुमा नरेश श्रेष्ठ, डेकमाया केसी, कृष्ण विश्वकर्मा र श्यामसुन्दर कँडेल, महासचिबमा दिनेशकुमार विश्वकर्मा, कोषाध्यक्षमा कुमार बानियाँ, शाखा सम्पादकमा हरि भण्डारी, सहकोषाध्यषमा सुनिता श्रेष्ठ र सहसचिबमा दिनेश बानियाँ रहनुभएको छ भने कानुनी सल्लाहकारमा खम थापा मगर रहनुभएको छ ।

‘एक व्यक्ति एक बर्ष एक पद’को रुपमा नेतृत्व हस्तान्तरण गर्ने जेसीजको नवनिर्वाचित पदाधिकारीहरुलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनको प्रमुख आतित्यथामा पदस्थापन गरिएको हो ।

कार्यक्रममा शाखाका सन २०२० का अध्यक्ष सुजन बरुवालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई जेसीज माला सहित अध्यक्षको पद हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण समेत गराईएको थियो । शाखा अध्यक्ष बरुवालले आफ्नो कार्यकालमा साथ, सहयोग र योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्नुभएको थियो भने विभिन्न अवार्डहरु समेत वितरण गरिएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जेसिजको युवा आकर्षण बढाउने र स्थानीय तह केन्द्रीत कार्यक्रमलाई प्रभाबकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । संस्थाको गरिमालाई उचाइमा पु¥याउने र युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सघाउने तालिमहरुलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

Leave a Reply