मन्दिरमा धाउँछु बिन्ती कोटी कोटी,
हाम्रो भेट बनाई देउन महिनामा चार चोटी !

गुराँस फुल्दा रातै तोरी फुल्दा पहेँलै, हातमा उन्कै नाउ छ ए भेट्न मन लाउँछ हितैको मायालाई लोक तथा दोहोरी गीत लिएर म्याग्दीका युवा गायक तथा सर्जक बाबुराम रसाइली सांगीतिक बजारमा आएका छन् । एल्बमलाई उनले हातमा उन्कै नाउ छ नाम दिएका छन् भने Baba Entertainment युट्युब च्यानलमार्फत भिडियो बजारमा आएको छ।

आफ्नी प्रेमिकासंग भेट्न जहिल्यै समय मिल्नु पर्दछ भन्ने भावमा गीत बनेको छ । आकर्षक शैलीमा प्रस्तुत गरिएको गीतका रचनाकार रसाईली स्वयं हुन् भने ती सुन्दर शब्दमा जादुमयी आवाज चर्चित गायिका रिना केसीले भरेकी छिन् । कोरस आवाज समीर रामराम रदिलु फगामी मगरको रहेको छ । चर्चित निर्देशक अमर सुनारले कलात्मकरूपमा गीतलाई पर्दामा उतारेका छन् ।

तारानाथ आचार्यले संगीत संयोजन गरेको गीतमा रविना भण्डारी, सज्जन बोहोरा र शरद एल्जीले आकर्षक नृत्य गरेका छन् । समिर रामदामले सम्पादन गरेको भिडियो हरिस महराले खिचेका हुन् भने बाबा ईन्टरटेन्टमेन्टले पोस्ट प्रोडक्सन गरेको हो । Source: kendrabindu.com

 

Leave a Reply