म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई अध्यक्षमा लेक बहादुर पुन चयन हुनुभएको छ । शनिबार दरबाङ्गमा सम्पन्न सातौ साधारणसभा तथा चौथो अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा खड्क छन्त्याल ,सचिव अमृत सापकोटा,सह– सचीव बिरेन्द्र पुन,कोषाध्यक्ष बेदिराम सुवेदी र सदस्यहमा ममसरा कार्की,मिना फगामी,हिरा बहादुर पुन,श्रीदत्त उपाध्याय,प्रेम सेन्च्युरी,सह बहादुर परियार, बुद्दी बिनोद शर्मा र रामु रिजाल चयन हुनुभएको छ ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुनले गर्नुभएको थियो । मन्त्री पुनले व्यवसायीको हकहित र अधिकारका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकारले उद्योग संचालन गर्न चाहनेहरुलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले व्यवसायीलाई लक्षित सिपमुलक तालिम सञ्चालनका लागि आवश्यक सहयोग गर्ने उद्घोष गर्नुभयो । निवर्तमान अध्यक्ष गोवि सिंउथानीको अध्यक्षता र सचिव अमृत सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा मालिका गाउँपालिका उपाध्यक्ष खर माया विटालु ,मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसी ,मालिका गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सन्तोष सुवेदी ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य , प्रथम उपाधयक्ष सुविन श्रेष्ठ ,सचिव सुवर्ण रिजाल ,इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेल , रेडकक्रस सोसाइटी दरबाङ्ग उपशाखाका कार्यवाहक सभापति भिमप्रसाद गौतम जिवन ,म्याग्दी उद्योग वाणिज्य संघका सदस्य मोतिलाल गौतम लगायत दरबाङ्ग स्थित विभिन्न संघसंस्था प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 

Leave a Reply