म्याग्दीको धवलागिरी गाउँपालिका-७,धारापानीमा स्वास्थ्य चौकी स्थापना गरिएको छ । गाउँपालिकाको पहलमा स्वास्थ्य चौकी स्थापना गरिएको स्वास्थ्य चौकीको उपाध्यक्ष रेशम छन्त्यालले उद्घाटन गर्नुभएको थियो । प्रस्ताविक ५ शैयाको अस्पतालको विवादका कारण असन्तुष्ट स्थानीयलाई सेवा दिने गरी स्थापना गरिएको स्वास्थ्य चौकीको भौतिक र जनाशक्ती ब्यवस्थापन समेत गरिने जनाइएको छ ।

गाउँपालिका उपाध्यक्ष छन्त्यालले आर्थिक समस्याका कारण स्वास्थ्य सेवाबाट कुनै नागरिक पनि बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गदैं सर्वसुलभ सेवा प्रदान गरिने बताउनुभयो । गाउँमा स्वास्थ्य चौकी नहुँदा उपचारका लागी ताकम स्वास्थ्य चौकी र छिमेकी मालिका गाउँपालिकाको केन्द्र दरबाङमा जानुपर्ने स्थानीयको बाध्यता रहेको थियो । स्वास्थ्य चौकी स्थापनाको अवसरमा आयोजित कार्यक्रममा स्थानीय अगुवाले स्वास्थ्यको पहुँच बलियो बनाउन स्थानीयले सधै सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा वडा अध्यक्ष कलानिथि सुबेदी, प्रबक्ता झकप्रसाद छन्त्याल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अगुवाले आफ्नो भनाई राख्नुभएको थियो ।

चौकीमा एक जना अनमी सहित दुई स्वास्थ्यकर्मी, एक कार्यालय सहयोगीको ब्यवस्था गरिने छ। स्वास्थ्य चौकी भवन सहित स्थायी संरचना बनाउन प्रदेश र संघीय सरकारलाई समेत बजेट माग गरिने गाउँपालिकाले जनाएको छ।

Leave a Reply