म्याग्दीको दुर्गम धौलागिरि गाउँपालिका ४ नेरबाङबाट एक गर्भवतीको आइतबार उद्धार गरिएको छ । शनिबार देखि प्रसूति ब्यथाले थलिएकी नेरबाङकी मेनु छन्त्यालको हेलिकप्टरबाट उद्धार गरिएको हो । गण्डकी प्रदेश सरकारको समाजिका विकास मन्त्री नरदेवी पुनको अगुवाईमा हेलिकप्टरबाट आइतबार विहान उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा पु¥याइएको हो ।

पुनको सचिवालय सदस्य प्रकाश पौडेलका अनुसार ब्याथा लागेर गम्भिर अवस्थामा रहेकी छन्त्यालको उद्धारमा ढिलाई भएको भए गर्भवती र गर्भमा शिशुको नै ज्यान जोखिममा थियो तर तत्काल उद्धार गरिएकाले कुनै अप्रिय घटना हुन पाएन । अस्पताल पु¥याएपछि स्वास्थ्यकर्मीको सहयोगमा छन्त्यालले छोरी जन्माउनुभएको छ ।

Leave a Reply