कालिगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम सुरु हुन ढिलाई भएको छ । कालीगण्डकीमा आएको बाढीको कारण बेनी बजार स्थित कालिगण्डकी नदीले बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ कटान गरि बजारलाई उच्च जोखिममा पारेको थियो ।

बेनी बजार संरक्षणको लागि संघिय सरकारको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्र्तगत जलस्रोत तथा सिचाई विभाग मार्फत रुपाताल एकिकृत विकास आयोजनाबाट कार्यान्वयन हुने गरि रु ३ करोड बजेट विनियोजन भएको थियो।

जिल्ला सदरमुकाम समेत रहेको बेनी बजारलाई संरक्षण गर्न कालिगण्डकी नदीमा निर्माण गर्न लागिएको तटबन्ध योजनाको काम ढिला भएको भन्दै बेनी बजारबासीले सम्बन्धीत निकायलाई तत्काल संरक्षणको काम गर्नका लागि प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउन गएका बेनीबजारबासीले हिउँद यामको समय वितिसक्दा समेत बजार संरक्षणको पूर्वाधार निर्माण सुरु नभएको गुनासो गरेका थिए । कालिगण्डकी नदीको कटानबाट बजारलाई सुरक्षित राख्न दुबैतर्फ एकैपटक संरक्षणको काम सुरु गर्नुपर्ने भएपनि पर्वत तर्फ काम सुरु भएको तर म्याग्दीतिर काम नभएको संविधानसभा सदस्य रेशमबहादुर बानियाँले बताए ।

‘माघ महिना सकिन लाग्दा पनी अझै काम सुरु भएको छैन, बैशाख देखी नदिमा पानीको बहाब बढ्दै जान्छ, काम समयमा सकिदै त्यसैले तत्काल काम सुरु गर्नुपर्छ’ उनले भने, छिटो भन्दा छिटो काम सुरु गरि संरक्षणको काम गरेर समयमा नै सक्नुपर्छ ।

सरकारले जोखीम सदरमुकाममा बेनी बजार पनि रहेको तर सरकारले बजार संरक्षणमा कम बजेट विनियोजन गर्दा बेनीबजारबासी सधै त्रासमा बस्नु परेको सुवास कुमार श्रेष्ठले बताए । बजेट पनि कम भएपनि ग्याबिन लगाउने कार्य तत्काल सुरु गर्नका लागि सम्बन्धी निकायलाई आग्रह गरे ।

प्रत्येक बर्ष आउने बाढीले बेनी बजारका केही न केही भाग कटान गर्ने गरेको र प्रत्येक बर्ष संरक्षणको कार्य भएको भए पनि गत बर्ष देखी कम बजेट आएको, गत बर्ष गरिएको संरक्षणका काम पनि नदिले लगेको, यस बर्ष निमार्ण कार्य सकिने समयमा अझै सुरु नभएकाले बेनी बजार ठूलो क्षेती पुराउर्ने भएको सम्बन्धी निकायले समयमा निमार्ण कार्य थालनी गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाउदै रामजीप्रसाद सुवेदीले पर्वत बेनीको संरक्षणका कार्य आधा सकिन लाग्दा म्याग्दी तर्फ भने कुनै कार्य नहुदा बेनीबजार बासीमा संका उत्पन्न भएको बताए । उनले समयमा काम नसक्ने हो भने यस बर्षको बषार्दमा पनि बेनी बजारबासी रातभरी जाग्राम बस्नुपर्ने अबस्था आउने बताए ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बेनी बजार जोखिममा परेको र त्यसलाई संरक्षण गर्नका लागि प्रशासनबाट गर्न सकिने पहल आफुले गर्ने बताए । ‘मैले यो ज्ञापनपत्र सम्बन्धी निकाय समक्ष पु¥याउने छु, मैले आयोजनाका ब्यक्तीहरु संग पनि काम सुरु गर्न आग्रह गरेको छ’ उनले भने ।

रुपाताल एकिकृत विकास आयोजनाका सब ईन्जिनियर बद्री भट्टराइले भने बेनी बजार संरक्षणको कार्य केही दिनमा नै सुरु हुने बताएका छन् । पर्वत बेनी संरक्षण र म्याग्दी बेनी संरक्षण आयोजनाका ठेक्का लागि एकै दिन सूचना प्रकाशन गरिएको र पर्वत बेनी संरक्षणमा कम बजेट भएकाले तत्काल सुरु गरिएको बताए ।

‘बेनी बजार संरक्षणका लागि ठेक्का प्रक्रिया पनि पुरा भएको छ, हामीले एक हप्ता भित्र काम सुरु गर्न पत्र काटिसकेका छौँ’ उनले भने, उहाँहरुले तिन÷चार दिन भित्रमा आएर काम सुरु गर्ने बताउनुभएको छ ।एनका अनुसार बेनी बजार संरक्षणका लागि दुई करोड बिस लागमा कस्सभ निमार्णm सेवा काठमाडौ संग सम्झौता भएको छ ।

Leave a Reply