आफ्नो धर्तीमा पाइला टेकेको दिनको अवसरमा बेल्जियमा रहेका एक म्याग्देलीले नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहलाई २१ हजार आर्थिक सहयोग गर्नुभएको छ।

म्याग्दी धवलागिरी गाउँपालिका-५, मराङ घर भई हाल बेल्जियममा रहनुभएका लालबहादुर मगरले आइतबार बालबालिकालाई खाना पकाउने भाँडाकुडा, तातोपानीको थर्मस लगायतका विभिन्न सामानहरु सहयोग गर्नुभएको हो । बाल संगठनका अध्यक्ष राजेश शाक्यलाई पत्रकार हरिकृष्ण गौतमले उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा बालगृहका बालबालिकालाई आवश्यक पर्ने सहयोग प्राप्तीले धेरै सहज भएको बताउनुभयो । उहाँले बालगृहको क्षमता विस्तार तथा जनशक्ती थप गर्ने गरी विभिन्न योजनाहरु समेत बनाइरहेको बताउँदै अभिभावकविहिन बालबालिकाको सपना पुरा गर्ने गरी काम गर्ने बताउनुभयो ।

जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कारलाई टोड्ने बालबालिकालाई सहयोग गरेको बताउँदै मगरले भविस्यमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । जन्मदिन, विभिन्न उत्सवमा बालगृहमा रहेका अभिभावक विहिन बालबालिकालाई सहयोग गर्ने प्रचलन बढेको छ ।बालगृहका १३ जना बालबालिका रहेका छन् ।

Leave a Reply