---Advertisement---

म्याग्दीमा तीन नयाँ कुष्ठ रोगी भेटिए

On: January 31, 2021 10:43 PM
Follow Us:

म्याग्दीमा तीन नयाँ कुष्ठरोगी भेटिएको एक तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षसम्ममा १० जना कुष्ठरोगीहरु रहेकोमा चालु आवमा तीन जना थप भई १३ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

६८ औँ कुष्ठरोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा आर्थिक बर्ष २०७६ असार मसान्त सम्म १० जना र त्यस पछि पुस मसान्त सम्म तीनजना कुष्ठरोगी पहिचान गरिएको स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनुभयो ।

‘नियमित रुपमा औषधी सेवन गरिरहनुभएको छ,‘अझैपनि जनचेतनाको कमीले समस्या भइरहेको छ’ प्रमुख लम्सालले भन्नुभयो । ‘नयाँ बिरामीहरू भेटिनुले अहिले पनि समाजमा लुकेर रहेका धेरै छन् भन्ने अनुमान हो’ प्रमुख लम्सालले भन्नुभयो ।

समाजमा बहिस्कृत हुने त्रासले अझै ग्रामिण क्षेत्रमा रोग लुकाउने गरिएको बताउँदै जिल्लाका सबै स्थानीय तहमार्फत कुष्ठरोग बारे जनचेतनामुलक कार्यक्रम सहितका अभियान सञ्चालन गर्नुपर्ने प्रमुख लम्सालको भनाई छ ।

म्याग्दीमा भेटिएका रोगीको संख्या जनसंख्याको आधारमा गण्डकी प्रदेशमा भित्र कुष्ठरोगका धेरै विरामी भएको जिल्लामा पर्छ । गण्डकी प्रदेशको तुलनामा म्याग्दीमा ०.९० प्रतिशत बढी विरामी रहेका छन् ।जिल्लाको प्रत्येक १० जना जनसंख्यामा एक जना भन्दा बढी बिरामी रहेका छन् ।

माईकोव्याक्टचोरिया लेप्रे नामक किटाणुबाट सर्ने यो रोगको औषधि उपचार निशुल्क रहेको छ । कम सर्ने सरुवा रोगमा पर्ने कुष्ठरोगले छाला र नशामा असर गर्ने चिकित्सकको भनाई छ । स्वास्थ्य कार्यालयका परिवार नियोजनका सुपरभाईजर गणेश सुबेदीका अनुसार कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रङको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खाहरु देखापर्छ भने स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांशपेशी कमजोर हुने गर्दछन् ।

नेपालमा प्रति दश हजारमा १ जनाभन्दा कम रोगि भएका कारण अन्तराष्ट्रिय मान्यता अनुसार नेपाललाइ २०६६ सालमाघ ५ गते कुष्ठरोग निवारणभएको देश भनेर घोषण गरीए पनि पुर्ण रुपमा निवारण भएको छैन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।