बेनी नगरपालिका–९ घतान काउँलेगौडाका ६ बर्षिय बालकको उपचारमा सहयोगको याचना गरिएको छ । ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका शिभम चोखालको उपचारमा आर्थिक अभाव भएपछि भएपछि सहयोगको अपिल गरिएको हो ।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार बालकको थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको केवाईसी यूवा क्लवका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

‘अस्पतालको शैयामा छन्,‘आवश्यक स्रोत जुटाउन नसके घर फर्किनुपर्छ’ बानियाँले भने । उनका अनुसार बिरामी भएपछि चेकजाँचको क्रमा ब्लड क्यान्सर पुष्टी भएपछि अस्पतालमा भर्ना गरिएको छ ।

बालकको आमाको करेन्ट लागेर मृत्यु भएको थियो । उपचार गराउन ठूलो रकमको आवश्यकता परेपछि परिवारको अनुरोधमा स्थानीयले सहयोग अभियान सञ्चालन गरिएको छ । आर्थिक सहयोग संकलनका लागि वडा सदस्य सहित स्थानीयको सहभागितामा ‘शिभम बचाउ समिति’ मार्फत सहयोग गर्न पीडित बालकका परिवारले अनुरोध गरेका छन् ।

Leave a Reply